जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. ललिता पाण्डेले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत प्राप्त रहेको केन्द्रलेसेवा संगै पञ्चकर्मका सम्पूर्ण सेवाहरु र जिवनशैली परिवर्तनका कार्यक्रमहरु गर्दै आएको बताएकी छिन् ।

स्वास्थ्य केन्द्रको लागि नयाँ भवन निर्माण कार्य शुरु भईरहेको अवस्था रहेको हुँदा कोठाहरु प्रयाप्त नभएकाले केही असहज भएको र भवन निर्माणपछि सेवा अझ विस्तार हुने बताइन्।
आयुर्वेद सम्बन्धी कक्षा ९ र १० मा केही जिल्लाहरुमा पढाइ हुने जानकारी दिद हेटौंडामा ८ मनहरी र थाहानगरमा १÷१ क्लिनिक सञ्चालनमा रहेको र ५ वटा गाउँपालिकामा भने नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेको डा. पाण्डेले बताइन् ।

पछिल्लो वर्षमा आयुर्वेद स्वास्थ्य सेवा लिने विरामीको संख्या बढ्दोक्रममा रहेको र गत आवमा २१ हजार ९सय ५६ जनाले सेवा लिएको र विरामीको संख्या बढ्दो भएसंगै पञ्चकर्म तर्फ ५सय ३० जनाले सेवा लिएको बताइन् ।

डा. पाण्डेले बताए अनुसार क्षारसुत्र समबन्धी १सय ६ जनाले सेवा लिएको र उक्त सेवामा २ हजार पाँच सय शुल्क लाग्ने, हाल फिजियोथेरापी सेवा निःशुल्क रहेको डा. पाण्डेले बताईन्।

केन्द्रबाट ७५२ जना जेष्ठ नागरिकले सेवा पाएका छन् ।

त्यस्तैगरि २१० जनाले स्तनपायी सेवा लिएको र २ हजार २सय ८ जनाले ल्याव सेवा, १ हजार ९सय ९७ जनाले फिजियो थेरापी, १ हजार १सय ९५ जनाले अंकुपञ्चर सेवा लिएका छन् ।

टिमको सिंगो प्रयासका कारण मूल्यांकन भएकाले गएको २०८० बैसाख १५ गते  मापन कार्य सम्पन्न भएको र उक्त मापनमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ५१.८७% प्रतिशत ल्याउन सफल भएको प्रमुख डा. पाण्डेले जानकारी दिइन्।