गरि खान देउका संयोजक मिराज ढुंगानाको नेतृत्वमा पेट्रोलियम पदार्थमा लगाइएको राजस्व अन्तरगर्त ६ कर माफ उठाइएको आवाजमा २ कर छुट भएको भन्दै ढुंगानाले खुसी व्यक्त गरेका छन् ।
केहि समय अघि केन्द्रीय राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जेनजी आन्दोलनका मुख्य प्रतिनिधी एबम अभियन्ता समेत रहेका मिराज ढुंगाना सहित जेनजी अभियन्ता डा। जगत बिक र सामाजिक अभियन्ता सौरभ भण्डारी सहभागी टोलीले ‘महँगीको मारमा सुशासन फरार’ नामक अभियान सार्वजनिक गर्दै सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर खारेज गर्दै तत्काल जनतालाई राहत दिनुपर्ने माग राखेका थिए।
उनका अनुसार भन्सार महसुल, प्रदूषण शुल्क, हरित कर, पूर्वाधार विकास कर, सडक मर्मत दस्तुर तथा मूल्य अभिवृद्धि कर (भ्याट) गरी विभिन्न ६ प्रकारका करहरू समावेश भएको हो । करहरूको भारमा पेट्रोलको मूल्य ढेर प्रति लिटर २१७ रुपैयाँ सम्म पुगेको थियो।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण सार्वजनिक यातायात, भाडा दर, खाद्यान्न देखि कपडा लगायत अर्थतन्त्रको प्रत्यक्ष असर जनमानसमा परेको उल्लेख गरिएको थियो ।
सरकारले माग पुरा गर्ने कुरामा ध्यान नदिए महँगी नियन्त्रण नहुँदा समस्या बढ्दै जाने र बिभिन्न घटना दुर्घटना हुन सक्ने भन्दै आवाज उठाइएको ढुंगानाले भनेका हुन् ।
ढुंगाना नेतृत्वको ‘गरी खान देऊ’ चितवन शाखाले चौबिसकोठीबाट लायन्स चोकसम्म मोटरसाइकल नचढाई हातैले डोर्याएर फरक खाल्को विरोध र्याली समेत गरे। जसको नेतृत्व बिशु लामा गुरुङको रहेको थियो। त्यसैगरि नवलपरासी सुस्ता पश्चिममा पनि युवाहरुले विरोध प्रदर्शन गरे।
कर नीतिलाई तत्काल नसुधारे बिभिन्न आपराधिक गतिविधि देखि बेरोजगारी अनि विदेश पलायनको समस्या बढ्न सक्ने खतरा देखिएपछि बिभिन्न स्थानमा पनि ढुँगानालाई साथ दिदै युवाहरुले आवाज उठाएका हुन् ।
यसैक्रममा मकवानपुरपनि रोशन दिपको नेतृत्वमा केही समय अघि आवाज उठेको थियो । ढुंगानाकै अभियानलाई साथ दिँदै रोशन दिपको नेतृत्वमा जेनजी युवाहरु सुनिल सुनार, समर्पण श्रेष्ठ, सन्देश पटेल, अनुराग बरनवाल, आकाश पटेल, रिशभ बानियाँ लगायतको उपस्थितीमा आवाज उठाइएको हो।
सर्वसाधारण नेपाली जनमानसमा जीवनयापनमा कठिन बनेको मध्येनजर गर्दै पेट्रोलियम पर्दाथको मूल्य घटाउने तर्फ भन्दापनि , करको दर घटाए मात्र पनि उपभोक्ता मूल्य स्वतः कम हुने मिरज ढुंगानाको माग जायज रहेकाले आफुहरुले साथ दिएको रोशन दिपले बताएका हुन् ।
जेनजी युवाहरुसँगको प्रत्यक्ष छलफलपछि जेनजीका मुख्य प्रतिनिधी अभियन्ता मिराज ढुंगानाले आधिकारिकता दिएका समुहले प्रत्यक्ष नागरिकको समस्या समाधनका लागि हेटौंडामा उठाइएको आवजमा २ कर माफ भएको भन्दै समुहले नै खुसी व्यक्त गरेका छन् ।
बिभिन्न बुधागत ६ करमाफको आवाज उठाएसँगै २ कर छुट भएको छ । जसमा सडक मर्मत दस्तुर कर र पूर्वाधार विकास करमा नेपाल सरकारले छुट दिएको हो ।

















प्रतिक्रिया दिनुहोस्