बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित घर भएकी यि सिता मिजार हुन् ।

 

दक्षिणकाली मन्दिर नजिकै रहेको आफ्नै घरमा कपडा सिलाएर दैनिकी चलाइरहेको उनको आफ्नै कथा अनि कथा भित्र व्यथाले भरिएको जिवन छ ।

उनको १ छोरी एलिसा मिजार र छोरा आयुष मिजार लालनपालन गर्ने र शिक्षित बनाउने सोचमा कपडा सिलाउदै संर्घष गरिरहेको फरक कथा छ।

२०३८ सालमा मकवानपुरको मनहरी रजैया जन्मथलो भएकोर १९ वर्षको उमेरमा गाँउकैै सिताराम मिजारसंग प्रेम बिवाह भएको थियो ।

गाउमै रहदा प्रेम अनि बिवाह भएपनि बिबाह भएको छोटो समयपछि पछि भाग्यले ठगेर माया गर्ने सहयात्री गुमाएको पिडाले दिनहु दुखाईरहेको व्यथा उनि माझ ताझा छ ।

१९ वर्षको उमेरमा बिवाहाको खुसी रमाउदै गर्दा २६ वर्षकै उमेरमै एकल महिला हुनुुपरेको बेदनालाई गहभरी आँसु बगाएर स्मरण गर्दै सुनाइन्

सिता भन्छिन् जिवनमा माँया पाईयो फेरी भाग्यले खोस्यो । कमै यस्तो रैछ भनेर श्रीमानको याद अनि छोराछोरीकै साथ जिवनको यात्रा बनिरहेको छ ।

बिवाहपछि काठमाण्डौं गएको काठमाण्डौं हुंदा गलैंजा कारखानामा काम गर्दै सिलाई सम्बन्धि सिकेको सिपलाइृ नै जिवनलाई धान्न अर्थिक कमाईको बाटो बनाईरहेकी हुन् ।

 

छोरा छोरीलाई पठन पाठन गराउनका लागी अर्थिक पाटोबाट अवस्था नाजुक भयो म दलित बर्गबाट अनि एकल महिला भन्दै गर्दापनि बुबा नभएपनि आमा हुनुहुन्छ भनियो तर, कसैको खासै चासो नबनेको सिताले सुनाईन् ।

छोरा आयुषलाई हेटौंडाको सिद्धार्थ उच्च माबिमा “ल ” सम्बन्धि १२ सम्म पढाएं । पछिल्लो शिक्षका लागी “ल”  पढाउन जिल्ला बाहिर पठाउन अर्थिक  समस्याले स्थगित गराउन म बाध्य छु ।  छोरी मकवानपुर कलेजमा पढ्छिन् छोराले पनि कम खर्च लाग्ने विषय लिएमा पढाउन सक्छु सिताले भनिन् ।”