बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा बजारमा बढ्दो सवारी साधन साँघुरो सडक संगै पार्किङ्गको व्यस्था हुन नसक्दा बजारै अस्तव्यस्त भएको छ ।

बढ्दो जनसंख्या सवारीको चाप, साघुरो सडक अनि बिभिन्न स्थानबाट आउनेहरु आफ्नै गन्तव्य नियाल्ने हो भने प्रष्ट देखिन्छ  हेटौंडा उपमहानगर अहिले निक्कै व्यस्त बजार बनेको छ।

हेटौंडा बजारको वडा नम्बर-१० मा रहेको बसपर्कहुदै बिभिन्न किसिमका सानादेखि ठुला सवारी साधानहरु दैनिकी हजारौं गुडिरहेसंगै यात्रीहरुलाई गन्तव्यमा पुर्याइरहेको हुन्छ ।
त्यही सवारी साधनहरुमा सिट क्षमताभन्दा अधिक यात्रीहरुहरु कोचाकोच भएर यात्रा गरिरहेका हुन्छन्  ।

यात्रीलाई तत्काल पुग्ने सोच र सवारीसाधन सरोकारवालाई अधिक रकम संकलनको लोभमा नियम विपरित कार्य भइरहेको छ ।

मकवानपुरकै कुरा गर्नेहो भने मनहरी, रजैया हेटौंडा उपमहानगर भित्र चौघडा, मयुरधाप, कमाने,पदमपोखरी, तर्फ चलिरहेका म्याजिकमा पनि कागाजातमा तोकिएको सिटमा पनि पुनः थप मुडा र बेञ्चनै बनाएर अधिक यात्रीहरु चढाइरहेको पाइन्छ ।

यातायात सम्बन्धी कानुन् र नितिको पालना गर्ने प्रतिवद्धता सहित अनुमति लिएर यातायात चलाइरहेकाहरुले नियमकै उल्लंघन गरेर यात्रीहरु ओसारिरहदा पनि सम्बन्धिन निकायले न्युनिकरण भने गर्नै सकेको छैन ।

सिट क्षमताभन्दा अधिक यात्री राख्नु ट्राफिक नियम उल्लघन भएतापनि म्याजिकहरुले थपएिको मुढामा समेत यात्री राखेर ट्राफिक प्रहरीको आँख अघाडीबाटनै निर्धक्क साथ म्याजिक कुदाई रहेका छन्।  ट्राफिक प्रहरीको नजर खासै परेको पाइदैन ।

बिभिन्न कारण संगै क्षमताभन्दा बढी यात्री चढाएर सवारी चलाउदा सवारी नियन्त्रण बाहिर गएर दुर्घटना भएको कैयौं घटना प्रहरीकै रेकर्डमा पाइन्छ ।

सवारी साधानमा यात्रा गर्नेहरुकालागि सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४, नेपाल राजपत्रमा प्रकाशित सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार ऐनको दफा १५० बमोजिम यात्रीको दुर्घटना बीमा गराउँदा यात्रुवाहक सवारी साधनको हकमा सो सवारी साधनको सीट संख्या बराबर र मालवाहक सवारी साधनको हकमा सो सवारी साधनको ब्ल्यू बुकमा उल्लेख भए वमोजिमको सीट संख्या बराबरको संख्यामा यात्रीको मृत्यु बिमा हुन्छ।

 

 

तर, तोकिएको सिट भन्दा अधिक यात्री ओसारीरहेको सवारीसाधानमा भइपरिआउने दुर्घटनामा दुर्घटना बीमा कति यात्री र कुन कुन यात्रीले पाउनेछन् ?यात्रीलाई जानकारी नै छैन ।

सवारी साधान पक्षले चढेका सबै यात्रीलाई दुर्घटना बीमा बापत रकम हामीने दिन्छौं भन्न पनि सक्दैनन् ।

भइपरिआउने संकट र विमाका सम्बन्धमा ऐन प्रष्ट भएसंगै  विपरित कार्य हुदा यो अतिनै गम्भिर विषय बनेको छ ।  यो सोच्नुपर्ने विषय बनेको छ ।

लामो दुरीको सवारी साधन होस चाहे उपमहानगरै भित्र चल्ने साना सवारी होस सिट क्षमता भन्दा अधिक यात्री चढाउने र थपिएको मुढा र बेञ्चमा बसाएर गन्तव्यमा लैजाने गरिरहेका छन् ।

यातायातकै  संगठनहरुले पनि नसिकाएको हो या नदेखेझै गरेको हो  ?

बजार क्षेत्रमा खटिएका बिभिन्न पदका ट्राफिकहरुलाई कुदिरहेका सवारीमा थपिएको मुढामा बसेका यात्री देखाउदै प्रश्न गर्दा आएको आदेश अनुसार आफुहरुले काम गर्ने बताउछन् ।
आदेशमै चेकजाँच गरर कैया सवारीलाई कार्वाही गरेको र थप जानकारीका विषयमा बोल्न नमिल्ने बताउछन् ।

यसै विषयमा के कस्तो प्रक्रिया अघिबढिरहेको छ भनेर कुराकानीका लागि रातो समाचार टिम मंगलबार जिल्ला ट्राफिक मकवानपुर पुगेको थियो ।

 ट्राफिक प्रहरी प्रमुख वसन्त अचार्यले आफु अलि व्यस्त भएको बताए ।

यता बिभिन्न समयमा चेकजाँच गर्दै अधिक आवाजका लागि रखिएका थप हर्न लगायत त्यस्ता सामाग्री जफत, सिट क्षमताभन्दा अधिक यात्री राखेर चलाइएका सवारी, कागजात नभएका, नबिकारण म्याद सकिएका, सवारीचालक अनुमति बाहेकनै सवारी चलाउनेहरुलाई ट्राफिक कर्वाही गरिरहेको जिल्ला ट्राफिक प्रहरी मकवानपुरले सुचना जारी गरेकै छ ।

सवारी चालकहरुका लागि विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको भन्दै जिल्ला ट्रफिक प्रहरी मकवानपुरले आयोजना गरेको अटो तथा मयुरी चालकहरुका लागि अनुशिक्षण कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख वसन्त अचार्यले बताए अनुसार बिभिन्न गल्तीमा कार्वाही गर्दै गत आर्थिक बर्षमा करिब २८ लाख ४३ हजार र यस बर्षको जेठ महिना सम्म ५१लाख राज्स्व संकलन भएको छ ।

पटकपटक चेकजाँच गरेर कार्वाही गर्दै सम्झाई बुझाइ गरेर छाडिने गरेको जिल्ला ट्राफिकले बताइरहेता पनि नियम उल्लंघन कार्य रोकिएको छैन ।