रोशन दिप – एनएस सिनेमा हल हेटौडामा यहि फाल्गुन १९ गते शुक्रबार देखि दुई बहुप्रतीक्षित नेपाली चलचित्र ‘२.० छड्के’ र ‘छक्का पन्जा ४’ एकसाथ प्रदर्शनमा आउने भएको छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘२.० छड्के’ मा अनमोल केसी रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारीलगायत कलाकारको अभिनय छ।

त्यस्तै हेमराज विसीले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा ४’ मा दीपक, दीपा, केदार, निर्मल, बुद्धि, राजसँगै बेनिशा हमला, मलिना जोसी, लुनिभा तुलाधर, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।

चलचित्र ‘छक्का पन्जा ४’ र ‘२.० छड्के’को महा भिडन्त हुँदैछ भन्दा पनि फरक नपर्ला किनकी अनमोल एउटा ब्रांड भ्यालु बोकेका हिरो हुन् । जसले अहिले सम्म एक फ्लप चलचित्र पनि दिएका छैनन् भने दिपक दिपाको समुहले निर्माण गर्ने चलचित्र प्रति दर्शक र चलचित्रकर्मीको चासो सधै हुने गर्दछ । झनै ‘छक्का पन्जा’ सिरिज त हयाट्रिक व्यापार गर्न सफल भएको चलचित्र हो। किनकी तीनवटै सिरिजले बम्पर व्यापार गरिसकेको छ ।चलचित्रको रिलिज मितिको चौतर्फी चर्चा भैरहेको छ।

त्यसैले दुइ चलचित्र मध्ये बक्स अफिसमा कसले बाजी मारलान त्यो त समयले नै बताउँछ तर तपाइ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला ।

टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७ – ५२०९४९ अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।