रोशन दिप – एनएस सिनेमा हल हेटौडामा यहि फाल्गुन १९ गते शुक्रबार देखि बहुप्रतीक्षित नेपाली चलचित्र ‘छक्का पन्जा ४’ प्रर्दशनमा आउदै छ ।

दिपक दिपाको समुहले निर्माण गर्ने चलचित्र प्रति दर्शक र चलचित्रकर्मीको चासो सधै हुने गर्दछ । झनै ‘छक्का पन्जा’ सिरिज त हयाट्रिक व्यापार गर्न सफल भएको चलचित्र हो। किनकी तीनवटै सिरिजले बम्पर व्यापार गरिसकेको छ ।

चलचित्रको रिलिज मितिको चौतर्फी चर्चा भैरहेको छ। प्राय दशैँमा रिलिज हुने ‘छक्का पन्जा’ सिरिज यो पटक दशैताका रिलिज भएन ।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपक, दीपा, केदार, निर्मल, बुद्धि, राजसँगै बेनिशा हमला, मलिना जोसी, लुनिभा तुलाधर, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।

नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।यो फिल्मले नेपालमा रेकर्डतोड कमाई गर्ने देखिएको छ।

टिकट बिक्री भोलि मङ्ग्लबार १० बजेबाट सुरु हुदैछ । टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।