भारतका चर्चित कमेडियन राजू श्रीवास्तव १५ दिनपछि होसमा आएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजू श्रीवास्तववको दिल्लीको एम्स अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार भइरहे पनि डाक्टरको निगरानीमा राखिएको बीबीसी हिन्दीले जनाएको छ । राजू श्रीवास्तवका निजी सचिव गर्वित नारंगले उनको स्वास्थ्यमा सुधार भइरहेको समाचार एजेन्सी एएनआईलाई बताएका छन् ।
राजू श्रीवास्तवलाई गएको अगस्ट १० मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । जिममा कसरत गरिरहेका बेला छाती दुखेपछि उनी त्यही ढलेका थिए ।
कानपुरमा एक कविको घरमा जन्मिएका राजू श्रीवास्तवलाई मानिसहरू उनको जमिनसँग जोडिएको हास्य र उनको भूमिका ुगजोधरु लाई लिएर चिन्छन् ।
राजू श्रीवास्तवले कैयौँ चलचित्र र धारावाहिकमा हास्य कलाकार रूपमा काम गरिसकेका छन् । ुग्रेट इन्डियन लाफ्टर च्यालेन्जु बाट चर्चामा आएका उनले ुकमेडी सर्कसु र ुलाफ इन्डिया लाफु बाट पनि मानिसहरूलाई हँसाएका छन् ।
सन् २०१४ मा उनी भारतीय जनता पार्टी प्रवेश गरेका थिए । तत्कालीन भाजपा अध्यक्ष राजनाथ सिंहको उपस्थितिमा उनले पार्टी प्रवेश गरेका थिए ।























प्रतिक्रिया दिनुहोस्