आज वैशाख १२ गते  शुक्रबारदेखी हरिवंश आचार्यको मुख्य भूमिका रहेको  फिल्म ‘भूठान’ र अभिनेत्री सुरक्षा पन्तको अभिनय रहेको दुई नेपाली फिल्म  “खेल”  रिलिज हुने भएको छ ।

हरेक पटक नेपाली चलचित्रहरु एकसाथ प्रर्दशन गरिदै भएको भिडन्तमा को पाखा लाग्छ कसको चल्छ त्यसका लागि दर्शकले नै निर्धारण गरिरहेका छन् ।

कहिले त्रिपक्ष भिडन्त त कहिले ४ वटा सम्म एकसाथ प्रर्दशन हुने गरेसंगै २ वटा को भिडन्त त भइरहेको देखन्छ ।

यस अघि चलचित्र कर्मा र पिताम्बरको भिडन्त भएसंगै  आज बाट ” भुठान र “खेल”  एकसाथ प्रर्दशन हुन लागेको हो ।

“भुठान”  हरिवंश सहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदी लगायतले अभिनय गरेका छन् ।

त्यस्तै गरि हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नको पनि विशेष भूमिका छ।

हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको पहिलो नेपाली फिल्म भुठानमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन्।

‘बुलबुल’ निर्देशन गरेर ९२ औं अस्कर अवार्डमा नेपालको तर्फवाट मनोनित एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलको यो दोस्रो चलचित्र हो।

भुटानदेखि भारत, नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको खोज समेटेर बनेको निर्माण टोली बताउछन् ।

फिल्मको सम्पूर्ण छायांकन अमेरिकामै गरिएको हो।

नेपाली फिल्म ‘खेल

बलिउडमा सह निर्देशनको अनुभव भएका अनुराग प्रधान र नेपाली निर्देशक आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका हुन्।

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका छ । संगै मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ लगायतको समेत अभिनय छ ।

सस्पेन्स र थ्रिलरले भरिएको फिल्मको कथा चार जना साथीहरूको विद्यालय जीवन सामनाका घटनाहरू वरपर घुमेको बताइएको छ। मित्रता, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रण रहेको आधुनिक मनोविज्ञानलाई सशक्त रूपमा प्रस्तुत गरेको ‘खेल’ दर्शकहरुको रोजाइमा पर्ने बताएका छन् ।

सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह९निर्माताहरू कुणालराज गुरुङ र रहिशराज महर्जन रहेका छन्।

आशिषराज महर्जनको कथा अभितेन्द्र र अनुराग प्रधानको पटकथा रोशन राई र सञ्जय लामाका छायाङ्कन आशिषराज महर्जनको सम्पादन रहेको छ ।

……………………………………………………………………………………………………

हेटौंडामा हेर्न चाहनेहरुका  NS cinemas, Narayani Mall Hetauda -4

लागि थप जानकारी लिन   057-520949

………………………………………………………………………………………………….