शुक्रबार देखि प्रर्दशनमा आएको रिभेल स्टार प्रभाष अभिनित “सलार” ले आक्रमक व्यपार गरिरहेको छ ।
बिहीबार बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘डंकी’ समेत प्रदर्शन भएको छ भने दुवै फिल्मलाई लिएर दर्शक उत्साहित रहेका थिए ।
प्रशान्त नीलले निर्देशन गरेको सलारमा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारन लगायतको धमाकेदार अभिनय हेर्न सकिन्छ ।
प्रभास र प्रशान्तले यो फिल्ममा र्फत पहिलो पटक सहकार्य गरेको समेत भनिएको छ ।
राजकुमार हिरानी निर्देशित ‘डंकी’ राम्रो समीक्षामा परेको फिल्म हो।
यसअघि फिल्म पठान र जवान ब्लकबस्टर साबित भएपछि राजकुमार हिरानीले निर्देशन गरेको फिल्म ‘डङ्की’ सन् २०२३ मा रिलिज हुने शाहरुख खानको तेस्रो फिल्म हो ।
अर्कोतर्फ प्रशान्त नील निर्देशित ‘सलार’मा आदि पुरुष पछिको अभिनय कस्तो छ भनेर प्रभाषलाई हेर्न दर्शक निकै उत्साहित छन् ।
यसैक्रममा हेटौंडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पनि ‘डंकी’ र ‘सलार’ पुष ५ र ६ गते क्रमशः बिहीबार र शुक्रबार देखि भएको हो ।
देशमा चलेका अर्थिक मन्दिले हरेक स्थानमा हरेक व्यवसायीहरु संकटमा परिरहेको अवस्थामा पनि एनएस सिनेमा हलमा सलार र डंकी हेर्न दर्शहरु तानिएका छन् ।
दुबै फिल्मको तुलनामा सलार तर्फ अधिका दर्शक रहेका छन् ।
नारायणी मलमा रहेको एनएस सिनेमा हलमा आफुलाई पायक पर्ने समयको लागि टिकट अग्रिम बुकिङ्ग गर्न सकिने हलका संयोजक किशोर राज पौडेलले बताएका छन् ।
पौडेलले बताए अनुसार हलको संपर्क नम्बर ०५७- ५२०९४९ रहेको छ ।
पछिल्लो समय नेपाली चलचित्रले चित्त बुझ्दो स्वाद दिन नसकृको अवस्था रहेको दर्शहरु बताउछन् ।
केही चलचित्रहरु निकै राम्रो बनेको अवस्था रहेपनि नेपाली चलचित्र निर्माता कलाकार निर्देशक सबैले नेपाली चलचित्र बनाउदा दर्शको चाहाना अनुसार मोलिकतालाई मध्य नजर गरेर चलचित्र निर्माण आवाश्यक रहेको बताउछन् ।























प्रतिक्रिया दिनुहोस्