हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ मा हेटौंडा कृषि बजारको सोमबार उद्धघाटन गरिएको छ ।

प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाको मेयर मिना कुमारी लामाले कृषि बजारको उद्धघाटन गरेकी हुन् ।

त्रिबेणी भेजिटेबल मार्ट प्रा. लि.द्वारा संचालित हेटौंडा कृषि बजारमा सबै किसिमका खाद्यन्न लगायतका सामाग्री पाइने व्यवस्था सहितको बजार उद्धघाटन गरिएको हो ।

कृषि बजारमा दैनिक उपभोग गर्ने स्वच्छ तथा ताजा तरकारी,फलफुल ,दुध , दहि लगायत सबै किसिमका खाद्यन्न सामाग्री त्यस्तै, खसि, कुखुरा तथा राँँगाको मासु समेत पाइने जनाइएको छ ।

हेटौंडाका स्थानीयलाई मध्यनजर गर्दै व्यस्थित सवारी पार्किङ्ग सुबिधा सहितको बजारमा सबै सामाग्री एकैठाउँमा उपलब्ध गराउने उदेश्य सहित कृषि बजार सञ्चालन गरिएको हेटौंडा कृषि बजारका संचालक पक्षले जनएको छ ।१५० वटा स्टलहरु रहेको यस कृषि बजारमा व्यवसाय गर्न चाहानेहरुको लागि केहि स्टल बाँकी रहेको र जानकारी गराइएको छ ।

हेटौंडा कृषि बजार संचालक सदस्य अभ्यास भुजेलको सभाअध्यक्षता हेटौडा उपमहानगरपालिकाको मेयर मिना कुमारी लामाको प्रमुख अतिथ्यता रहेको थियो ।