हेटौंडा । वातावरण र मानव अधिकारबारे हेटौंडामा सरोकारवालाहरुसङ्ग अन्तरक्रिया भएको छ । अनौपचारिक सेवाकेन्द्र ( इन्सेक ) बागमती प्रदेशको आयोजनामा भएको एकदिवसीय कार्यक्रममा जलवायु परिवर्तन , त्यसका असर , वन्यजन्तु र मानवबिचको द्वन्द कसरी ब्यवस्थापन गर्ने , वातावरणलाई हरित कसरी बनाउने , मानव अधिकार , वातावरणबारे नीतिनियम , कानुन र कार्यान्वयन पक्ष जस्ता विषयमा छलफल भएको भएको हो ।
इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरकि नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी लामाले वातावरण संरक्षण गर्नु सबै नागरिकको दाइत्व रहेको बताइन् ।
यस्तै बिशिस्ट अतिथी प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले प्राकृतिक सौर्न्दर्यता हराउँदै गएकोले वातावरण संरक्षण चुनौतीको विषय रहेको बताए । मानव र वातावरण एकार्काको परिपुरक भएकोले यस्ता बिषयमा सबैले चासो राखेर काम गर्नुपर्ने बताए । कार्यक्रममा इन्सेकका बरुण बश्याल , बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रलयका सचिव अचुत उपाध्याय लगायतले बोलेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख श्यामबहादुर खत्री , वन अधिकृत गोविन्द अर्याल लगायतको आतिथ्यता रहेको थियो ।























प्रतिक्रिया दिनुहोस्