हेटौंडा । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य हर्कराज राई -साम्पाङ) ले जनतालाई घरबाहर वीहिन नबनाउने पक्षमा सदैव आफू रहेको बताएका छन् । नेपालमा भएको अव्यवस्थित वसोवासी, सुकुम्बासीको समस्यालाई समाधान गर्नुपर्छ भन्ने पक्षमा आफू सधैं लागेको उनले स्पष्ट पारेका छन् । शनिबार चितवन जाने क्रममा हेटौंडामा आइपुगेका अध्यक्ष हर्कराज राई -साम्पाङ)ले मकवानपुरका हेटौंडा–११,स्थित थानाभ¥याङका भूमीहिन सुकुम्बासी तथा अव्यवस्थित वसोबासीका मानिसका सामुदायहरुसँग भएको छोटो छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी र अव्यवस्थित रुपमा बसोवास गर्दै आएका मानिसको समस्याहरुलाई हल गर्ने, उनीहरुलाई बिस्तापित गर्नु नहुने र घर भत्काएर जनतालाई लखेट्नु कार्यतर्फ लाग्नु नहुने उनले बताए ।

सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि आफूले सांसद भवनमा बसेको पहिलो बैठकमै यी मुद्दालाई मुख्य एजेण्ड बनाएर कुरा उठाएको उनले बताए । सरकारले गरेको कामहरुको आफूले मूल्यांकन गर्दै खराब तथा नकारात्मक कामहरुलाई विशेष रुपमा उठाएर खबरदारी गर्ने कामबाट कहिले आफू पछि नपरेको उनले दावी गरेका छन् । सरकारले काम गरेको सन्दर्भमा राम्रो तथा खराब कामहरुलाई खबरदारी गर्दै आएको र उक्त कार्यमा आफू सधैं अग्रह स्थानमा रहेको स्पष्ट पारेका छन् । अन्य प्रतिनिधि कोही जनताहरुको पक्षमा नभएपनि आफू जनताको पक्षमा रहनबाट पछि नपर्ने उनले विश्वास दिलाए ।

सबै मानिसहरु बाँच्न पाउने मौलिक भएको बताउँदै उनले भने–सबै जनताले बाँच्न पाउनुपर्छ किनकी मौलिक हक हो संविधानले दिएको । घर बनाएर बस्न पाउनुपर्ने सबै जनताको अधिकार भित्र पर्छ । त्यो घरलाई राज्यले अहिले आएर आतंक फैलाउने हिसाबले नभत्काउने पक्षमा हामी छौं । मेचिदेखि महाकालीसम्म सबै जनताहरु एकजुट भएर सरकारले अहिले जनताको घर भत्कार घरबारबीहिन बनाउन गरेको निरकुंश कदम विरद्ध आवाज उठाउनुपर्ने उनले सबैलाई सुझाव दिए ।

उक्त कार्यका लागि सबै जनताको साथमा आफू सदैभ रहने प्रतिवद्दता व्यक्त गरे । सांसद भवनको बैठकमा पनि जनताका मुद्दालाई लिएर यी विषयलाई मुख्य एजेण्डा बनाएर कुरा राख्ने बताए । नेपाली जनताले बाँच्न पाउने अधिकारलाई सडक सदन सबै ठाउँमा एकजुट भएर उठाउने उनले विश्वास दिलाए । जनताको दुःखलाई आफूले सधैंभरी अंगालेर साथ, सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।