बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका –२ स्थित निवासी बिन्दवासिनी कंसाकार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकि समानुपातिक सांसद बनेकी छिन् ।

समानुपातिक सांसद बिन्दवासिनी कंसाकार सबैसंग परिचित नाम हो भने गएको जेठ १५ गते पद तथा गोपनीयताको शपथ समेत लिइसकेकी छिन् ।

बुवा मधुसुदन कंसकार र माता बैद्देही कंसकारको छोरी बिन्दबासिनीको १ दाजु रोशन र भाई अनुरोध छन् ।

परिवारसंग रमाउदै चलेको जिवन अनि हाँसोले भरिएको विगतलाई स्मरण गर्दै कलेज जानु अगाडि आफूलाई ऐनामा हेर्ने कपाल, कपडा चिटिक्क मिलाइएर कलेजतिर जाने गरिरहेको उमंगको दिनलाई २०७० साल  वैशाख ९गतेको कालो दिनले सबै  खोसिएको बताउछिन् ।

हेटौंडा बजारमै घर भएकी कंसकार माथि परेको डरलाग्दो एक घटनाले १९ वर्षको उमेरमा  जीवनबाट ऐना  खोसिएको स्मरण उनिमा ताजै छ ।

जिवनमा परेका कहालीलाग्दो भोगाई अनि आइपरेका कठिन परिस्थितिमा बाचिरहेको अवस्थामा १ दशक पछि बल्ल आत्माबिश्वास फर्किएको अनुमान लगाउन सकिन्छ ।

प्लस टु पढ्दै गरेकी कंसाकार कलेज सकेर  कलेजबाट फर्केर पसलमा बसेकी थिइन् भने उनि र परिवारसंग समेत चिनजान भएका ंराज भनिने दिलीपराज केशरी आइपुगे । हातमा भएको सानो बट्टको बिर्को खोल्यो र कंसाकार तर्फ छ्याप्यो ।छापेको तरल पर्दार्थ थियो एसिड

केशरीले कंशाकारलाई प्रेम गरेको र आफूसँग विवाह गर्न भनेको तर,  सो प्रस्ताव अस्वीकार गरेपछि एसिड छ्यापेका थिए ।

कंसाकार भन्छिन्  “अनुहार देखि आँखामा समेत एसिड परेपछि म अत्तिए हात–मुख सबैतिर असह्य हुने गरी पोल्यो । अनि म चिच्याउँदै घरभित्र छिरें । परिवारका सबै दौडिंदै आए । आफन्तहरूले अतालिदै  हेटौंडा सामुदायिक अस्पताल पुर्याए ।

कंसाकारमाथि एसिड छ्यापिएकै समयमा केसरीको पिछा गर्नेहरुपनि थिए । तर उम्कन सफल भयो केसरी । प्रहरी पनि पक्राउ गर्न असफल भयो ।

हेटौंडा अस्पतालले प्राथमिक उपचार मात्र गर्दै आँखामा समेत एसिड परेको भन्दै आँखा अस्पताल जान रिफर ग¥यो । तर,हेटौंडामा उपचार सम्भव भएन । अनि लगियो काठमाडौं ।

अहिले पनि उनको उपचार सकिएको छैन । हरेक ६–६ महिनामा उपचारका लागि उनलाई भारत लैजानुपर्छ । उनको शैक्षिक क्षेत्रमा ब्रेक लाग्यो ।साथीसंगत छुटे । अस्पतालको कोठामा बन्द हुनुपर्यो ।

नियमित उपचारका लागि उनी कालीमाटीमा ठूलोबुबासँगै बस्न थालिन् ।

अस्पतालको बसाइ सकिएपनि अनुहारमा भने नियमित ब्याण्डेज गर्नुपथ्र्यो । कंसाकारका बुबा वा भाइले ब्याण्डेज गरिदिन्थे ।

उनको आँखा, घाँटी र अनुहार एसिडले पोलेको थियो । सास फेर्न सजिलो हुने गरी सानो ठाउँ खाली छाडेर उनको अनुहारभरि पट्टी बेरिएको थियो ।

बुबा नभएको बेलामा एकदिन आफैंले ब्याण्डेज गर्नसकेपछि बुवालाई फोन गरेर सुनाउदा खुसीको दिन आएको होकी भन्ने महशुस भएको स्मरण कंसकारमा छ ।

नियतीलाई स्वीकार्नु बाहेक अन्य विकल्प थिएन कंसकारमा ।  एकोहोरो घरमा बसिरहँदा मन भुलाउने माध्यमकालागि साथी बन्यो युट्युब ।

एसिड जलन नियन्त्रण गर्न  छालाको खुबै ख्याल राख्ने पोलेको ठाउँमा सधैं मल्हम लगाइरहनुपर्ने  चर्को घाममा बाहिर निस्कन नहुने देखि उपचार जीवनभर गरिरहनुपर्छ भने औषधी छुटाउन मिल्दैन ।’

उनले बताए अनुसार कंसकार उपचारका लागि दक्षिण भारतको तमिलनाडु राज्यको मधुराई जानुपर्छ नै उनका अनुसार अहिले भने ६ महिनाको अन्तरालमा जानुपर्छ ।

हाल प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी मकवानपुर प्रहरी प्रमुख भएर हेटौंडा आइन् ।

एसिड आक्रमण घटना केलाउदै एसिड छ्याप्ने दिलीपराज फरार भएकाले  स्थगित बसेको फाइल  ‘करिब तीन वर्षपछि प्रहरी प्रमुख चौधरीले पल्टाएइन् ।

चौधरी नेतृत्वमा खटिएको अनुसन्धान टोलीले एसिड आक्रमणकारी दिलीपराजको भारतीय रासन कार्ड फेला पा¥यो ।

कंसकारले भनिन्  “एकजना साथीले दिलीपराजलाई भारत दिल्लीको गुडगाउँमा अटो रिक्सामा देख्यो’ अनि  फोटो खिचेर मलाई पठापछि प्रहरीलाई जानकारी गराएपनि दिलीपराज भारतमा भएकाले प्रहरीले पक्राउ गर्न सकेन ।”

प्रहरी प्रधान कार्यालयले समेत केशरीलाई निरन्तर फलो गरिरहेको थियो भने जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी प्रमुखमा आएका मुकेश कुमार सिंहले पनि घटनाको फाइल पल्टाउदै केसरीलाई पक्राउ गरिने बताए ।

फरार  दीलिपराज केशरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गर्दै २०७६ साल  कार्तिक १५ गते सार्वजनिक गर्यो ।

नेपाल प्रहरीमा कार्यरत सबैको भरपुर सक्रियताका कारण करिब ६ वर्ष पूरानो घटनाका मुख्य अभियुक्त केशरीलाई नियन्त्रणमा लिन सफल भएकोमा खुसी लागेको प्रहरी प्रमुख सिंहले बताए ।

मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंह तथा मातहतका प्रहरीलाई धन्यवादको ओइरोनै लाग्यो ।

प्रहरीले ज्यान मार्ने कसुर अन्तर्गत मुद्दा चलाएर  अदालत पु¥यायो । त्यतिबेला एसिड आक्रमण सम्बन्धी छुट्टै कानुन नहुँदा  मकवानपुर जिल्ला अदालतले दिलीपराजलाई १ लाख रुपैयाँ जरिवाना र ८ वर्ष कैद सजाय तोक्यो ।

कंसाकार परिवारले क्षतिपूर्ति समेत माग गर्दै  १ करोड १४ लाख ८५ हजार रुपैयाँको बिल भरपाई पेश गरेका थिए ।

मकवानपुर जिल्ला अदालतले यो रकम सके अपराधीबाट भराउनू, उसले तिर्न नसके नेपाल सरकारले उपलब्ध गराउनू भनेर आदेश दियो ।

मकवानपुर जिल्ला अदालतका न्यायाधीश कमलराज विष्टले फैसलामा लेखे अनुसार

………….

निज प्रतिवादी विदेशी नागरिक हुँदा एवम् निजको बयान एवम् प्रमाणबाट निजले सहजै त्यतिका रकम क्षतिपूर्ति तिर्न सक्ने अवस्था नदेखिंदा, निज प्रतिवादीबाट उक्त रकम भराउन नसकिएमा निज पीडितलाई परेको पीडा उपचारमा भएको खर्चका सम्बन्धमा मनासिब माफिकको क्षतिपूर्ति रकम नेपाल सरकारबाट स्थापना भएको अपराध पीडित क्षतिपूर्ति राहत कोषबाट भराइदिनू ।’

‘अहिलेसम्म त्यो क्षतिपूर्ति पाइएको छैन’ बिन्दबासिनीका बुवा मधुसुदन भन्छन् ।

२०६३ सालमा सुनसरीमा सदिना खातुनमाथि एसिड छ्यापिएको थियो नै । नेपाल प्रहरीको रेकर्ड अनुसार नेपालमा एसिड आक्रमण भएको त्यस समय दोस्रो घटना थियो ।

एसिड प्रहारका घटना बढेपछि  एसिड आक्रमणको विरुद्ध छुट्टै कानुन बनाउनुपर्ने आवाज उठाउदै अघि सरिरहेकी छिन् कंसकार ।

२०७७  भदौ २५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितहरूलाई भेटे । त्यो भेटमा कंसाकारले आफ्नो परिचय सहित एसिड आक्रमण विरुद्ध कठोर कानुन बनाउन तत्बालिन प्रधानमन्त्री ओली समक्ष लाई आग्रह गरिन् ।

ओलीले एसिड आक्रमण विरुद्ध कानुन बनाउन निर्देशन दिदै १० सेप्टेम्बरलाई एसिड आक्रमण विरुद्धको दिवस मनाउने घोषणा सहित पीडितहरूलाई आजीवन निःशुल्क उपचार गराउने र रोजगारी दिने प्रतिवद्धता जनाए ।

एसिड आक्रमण विरुद्ध उज्ज्वल विक्रम थापाको सक्रियतामा कंसाकारसहित जेनी खड्का र संगीता मगरले बैंकमा रोजगारी पाए । कंसाकारले हेटौंडामा काम गरिन्  ।

यही बीचमा सरकारले ल्याएको एसिड आक्रमण विरुद्ध अध्यादेश राजनीतिक खिचातानीले संसदमा अध्यादेश पेश नै भएन ।

२०७८ चैत २ मा सरकारले फेरि अध्यादेश ल्यायो । त्यसपछि संसदमा पेश भयो ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियम ऐन– २०७९ ।’

अनि राजनीतिमा कंसकार

उपचार, कलेजसँगै जागिरे जीवन व्यतीत गरिरहेकी कंसाकार बैंकको जागिर माया मारेर  ‘एसिड मात्र होइन, जलनका बारेमा नै अब सचेतना अभियान फैलाउनुपर्छ भनेर भन्दै २०७९ को आम चुनावदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मार्फत राजनीतिमा आइन्  ।

उनलाई सांसद बनउने निर्णय गर्यो रास्वपाले । समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको भन्दै अडियो सार्वजनिक भएपछिको बिभन्न आलोचना र  विवादका कारण  रास्वपाले उनलाई निष्काशन गरेर कंसाकारलाई सांसद बनायो ।

रास्वपाको निर्णय प्रक्रियामा प्रश्न उठाउँदै श्रेष्ठले सर्वोच्च अदालतमा रिट दिएका थिए । तर, सर्वोच्चले श्रेष्ठले माग गरेअनुसार कंसाकारको शपथ रोक्न अन्तरिम आदेश नदिएपछि कंसाकार सांसद बन्ने बाटो खुला भयो । साँसद बनेपछि सभामुख देवराज घिमिरेले कंसकारलाई शपथ गराएका हुन् ।

कंसकार भन्छिन्, ‘यदि एसिड सजिलै किनबेच हुन्थेन भने कसैलाई छ्यापिने थिएन । त्यसैले गैरकानुनी रुपमा एसिड बेचबिखन गर्नेलाइ कडा भन्दा कडा सजाएँको व्यवस्था गरियोस् । यो देशका हजारौं जलन भोग्ने निर्धन लाचार सर्वसाधारण नागरिकको लागि हृदयबाट काम गर्ने छु । जलन को शारीरिक पीडा मानसिक सामाजिक पीडा आफूले भोगेको छु । यो पीडा कसैले भोग्नु नपरोस् तर, परेको खण्डमा पीडित को आवाज बन्ने हिम्मतका साथ अगाडि बढ्ने छु । १० वर्षको संघर्षपछि यो आत्मविश्वास आएको हो । अब न्यायका लागी आवाज बन्छु।’