तस्वीर गुगलबाट

हेटौंडा /  हेटौंडामा टिफरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । शनिबार अन्दाजी ४ः०० बजेको समयमा पुर्वपश्चिम सड्क खण्डमा कर्रातर्फ बाट बसपार्क तर्फ आउदै गरेको बा.प्र.०३–००५ प ३५११ नम्बरको स्कुटरलाई हेटौंडा–१० स्थित बसपार्कबाट कर्रातर्फ जादै गरेको प्र.२–०३–००१ ख ६८५४ नं. टिफरले ठक्कर दिँदा स्कुटर चालकाको मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित थार्ना भर्याङ वस्ने अन्दाजी ५५ वर्षका भीम बहादुर विडारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

११ नम्बर वडा प्रहरी कार्यालका प्रहरी निरीक्षक दाताराम अधिकारीको कमाण्डमा टिफर चालक र स्कुटर चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट उपचारका लागि ४ बजेर ४० मिनेटको समयमा लगिएको हो । थप उपचारका लागि ७ बजेर ५० मिनेटको समयमा भरतपुरको नयाँँ मेडिकल रिफर भएकोमा आइतबार १२ बजेर ३२ मिनेटको समयमा डाक्टर मृत्य घोष्णा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत व्यक्तिको शवलाई पोष्टमार्टमा लागि चितवनको सरकारी अस्पतालमा राखिएको छ ।

 

रातो समाचार संवाददाता
थप जानकारी