हेटौंडा । हेटौंडामा जारी चौंथो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगितामा कमाने राइडर्सले कमाने लायन्सलाई हराएको छ । हेटौंडा–८,स्थित कमाने क्रिकेट क्लबको आयोजनामा तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टको सहकार्यमा बुधबार भएको खेलमा कमाने राइडर्सले कमाने लायन्सलाई ४६ रनले हराएको हो । लिगको ३ खेल खेलेको कमाने राइडर्सले २ जीत निकालेको छ भने लिगको ४ खेल खेलेको कमाने लायन्सले लगातार ३ जित निकाल्दा एक हार व्यवर्होरेको छ ।

पहिलो व्याटिङ गरेको कमाने राइडर्सले १८ ओभर ५ बलमा १ सय ५० रन बनाउँदै अल आउट हुन पुग्यो । कमाने राइडर्सका लागि विपुल खनालले ४० बलमा ६१ रन, विष्णु राउतले २२ बलमा ५२ रन र सुखेन्दु सुमान्थले १५ बलमा १८ रन बनाएका थिए । कमाने लायन्सबाट सुख कंसकारले र विवेक सहनीले समान ३÷३ विकेट लिएका थिए । सम्रि चौलागाईंले २ विकेट लिएका थिए ।
जवाफी व्याटिङ गरेको कमाने लायन्सले १६ ओभर ४ बलमा १ सय रन मात्र बनाएर अल आउट हुन पुगेको थियो । विकास डंगोलले २१ ब्लमा २६ रन, शुभ कंसकारले १० बलमा २२ रन र रमेश लुईंटेलले १२ बलमा १९ रनको योग्दान दिएका थिए । बलिङतर्फ कमाने लायन्सका विष्णु राउतले ४ विकेट, राम नरेश गिरीले ३ विकेट र नवी आल्मले २ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच विष्णु राउत घोषित भएका छन् ।

प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

रातो समाचार संवाददाता
थप जानकारी