बागमती प्रदेशको राजधानी हेटौंडामा जारी दोस्रो नगस्वती भेट्रान्स फुटबल प्रतियोगितामा आयोजक समुह नगस्वती भेट्रान्स “ए” “बि” विच भएको फइनल खेलमा नगस्वती “ए” विजयी भएको छ ।
शनिबार हेटौडा–७ स्थित नवज्योति खेलमैदानमा आयोजकको समुह “ए” भर्सेस “बि” भिडन्तमा ४–३ ले “बि” लाई हराउँदै “ए” ले उपाधि हात पारेको हो ।
खेलको महाभिडन्तमा निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि निर्णयका लागि टाईब्रेकरमा धकेलिएकोृ थियो ।
टाईब्रेकरमा नगस्वती “ए” ले उपाधि उचालेको हो ।
शुक्रबार हेटौंडा ५ पिप्ले रङ्गशालामा पहिलो खेल अन्तरगर्त आयोजक नागस्ती भेट्रान्स “बि” र एनआरटी भेट्रान्स बिच भएको सेमिफाइनलमा ३ – १ गोल अन्तरले विजयी हुँदै “बि” फाइनलमा पुगेको थियो ।

दोस्रो खेलमा नागस्ती “ए” र चितवन भेट्रान्स विच भएको खेलमा पनि ० – १ गोल अन्तरले विजयी हुँदै नागस्ती “ए” फाइनलना पुगेको थियो ।
१६ समुह विच आयोजना गरिएको खेलमा अघिल्ल चरण पारगर्दै शनिबार फाइनल भिडन्त पछि विजेता र उप विजेता आयोज नै बनेको हो ।

विजेता बनेको नागस्वती “ए ” ले ट्रफी, मेडल र नगद २ लाख हात पार्यो भने उपविजेता नागस्वती “बि” ले १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउन सफल भयो ।
खेलको समापनसंगै आयोजकलाई दुबै हातमा लड्डु परेको छ ।
खेलकै लागि बिधागत तर्फ पनि उत्कृष्ट घोषित गरिएको छ ।
खेलको म्यानाफ द सेरिज ए का खेलाडी प्रकाश राना मगर घोषित भए । उनले नगद ५० हजार र ट्रफी हात पार्न सफल भए ।
वेष्ट मिडफिडर “बि” का खेलाडी राजकुमार घिसिङ्ग भएका छन् ।
खेलको वेस्ट बल फर्वाड “ए ” का खेलाडी दिपेन राई, खेलको वेष्ट कोच “ए” का दिपक अर्याल, वेष्ट डिफेन्स “बि” का कन्या सुब्बा गुरुङ्ग,वेष्ट किपर “ए” का दिलिप क्षेत्री घोषित भए ।
खेलाडीहरुले जनही १०,१० हजार र ट्रफी हात पार्न सफल भए ।















प्रतिक्रिया दिनुहोस्