कालिकोट जिल्लामा तीन दिन यता बिद्युत् सेवा पुर्ण रुपमा बन्द भएको छ। राष्ट्रिय प्रसारण लाइन अन्तर्गत दुल्लु यताको लाइन अवरोध हुँदा कालिकोट जिल्ला बिद्युत् विहीन भएको हो। दैलेख खण्डमा एक पोल ढलेका कारणले तीन दिन यता बिद्युत् बन्द भएको जनाइएको छ।

शुक्रवार बिहान पाँच बजेबाट गएको बत्ती अझै आएको छैन। बिद्युत् वितरण केन्द्र कालिकोटका कुनै पनि फोन मोबाइलमा सम्पर्क हुन नसक्ने अवस्थामा छन्। प्रमुख जिल्ला अधिकारी जोरासिहं माझिले दैलेख खण्डमा पोल लडेका कारणले बिद्युत् अवरोध भएको भन्ने आफूले जानकारी पाएको बताए। उनले तत्काल कहाँ कसरी हुन्छ छिटो बनाउन निर्देशन गरेको भए पनि त्यस यताको सूचना पाउन नसकेको जानकारी दिए।

बिद्युत् नहुँदा जिल्लाका सञ्चार माध्य एफ।एम रेडियो बन्द भएका छन्। शुक्रवारको सरकारी सेवामा पनि अवरोध भएको छ। बिचमा शनिवार परेकाले सरकारी कार्यालयको सेवामा खासै असर नपरे पनि आज आइतबारको सेवामा भने प्रभाव पर्ने सरकारी कार्यालयको चिन्ता छ। खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले नगरका कामकाजमा समस्या हुने गरेको बताए।

केही फाटका कर्मचारीलाई शनिवार पनि काम गर्न लगाएको भए पनि बिद्युत् नभएका कारणले भुक्तानी, सम्झौता लगाएका कम्प्युटर मार्फत हुने काम अवरोध भएको प्रमुख शाहीको भनाई छ। कालिकोटमा एक मात्र बिद्युत् प्रसारणका लागि राष्ट्रिय प्रसारण लाइन भएको र उक्त लाइन अवरोध भएपछि पुरै कालिकोट जुम्ला सम्म बिद्युत् विहीन हुने गरेको छ।

नागरिक न्युजबाट साभार गरिएको छ ।