मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय तथा रैथानेबालीको परिकार समावेश गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाभित्र प्रत्येक हप्ता बिहीवारका दिन विद्यार्थीहरूलाई स्थानीय एवम् रैथानेबालीका परिकार दिवा खाजाको रूपमा समावेश गर्ने निर्णय गरेको हो ।

स्थानीय स्तरमा उत्पादन भएका बस्तुको प्रवद्धन गर्ने उद्देश्यले आयोजना गरिएको गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए।

पालिकाभित्र सञ्चालनमा रहेका विद्यालयका विद्यार्थीहरुलाई हप्ताको एक दिन रैथानेबालीका परिकार दिवा खाजा समावेश गर्न बताएका हुन् ।

दिवा खाजामा एक दिन रैथाने परिकारलाई लागु गर्न पालिकाभित्रका विद्यालयको भान्सामा काम गर्ने कर्मचारीलाई माघको पहिलो सातादेखि प्रशिक्षण तथा तालिम समेत प्रदान गरिने चौधरीले बताए ।

यसअघि गाउँपालिकाले कोदो र फापरको मःम, पिजा, केक, बिस्कुट, निम्की, दुनोट, सेल लगायतको परिकार बनाउन तालिम प्रदान गरेको थियो ।

उनले कोदो, फापर, मकैको रोटी तथा हलुवा, सिमी, बोडी, मस्याङको तरकारी लगायतका विभिन्न परिकार दिवा खाजामा समावेश गरिने र बताएका हुन् ।
गाउँको उत्पादन गाउँमै खपत हुने भएपछि गाउँको पैसा गाउँमै रहने र स्थानीय उत्पादनको प्रर्वद्धन हुने विश्वास रहेको चौधरीको भनाइ छ ।

पालिकाभित्रका ३८ विद्यालयका ६ हजार ७४ जना विद्याथीहरु रहेको र नेपाल सरकारले मकवानपुरगढीमा बाल विकासदेखि कक्षा ६ सम्मका विद्याथीका लागि १ करोड १६ लाख बजेट उपलब्ध गराएको गाउँपालिका शिक्षा शाखाका प्रमुख रामबहादुर घलानले जानकारी दिएका छन् ।

त्यसमा पालिकाले ३५ लाख बजेट थप गरेर बालविकालदेखि कक्षा १२ सम्मका विद्याथीलाई दिवा खाजा खुवाउँदै आएको घलानले बताए ।
त्यस्तै पालिकाले रैथानेबाली कोदोको मूल्य प्रति केजी ४५ र फापरको मूल्य प्रति केजी ८० रुपैयाँ निर्धारण गरेको छ ।

स्थानीय किसानले उत्पादन गरेको बस्तुको परिबार विद्यालयमा दिवा खाजाको रुपमा खुवाने कार्य स्वागत योग्य रहेको भन्दैअबिभावकहरुले खुसी व्यक्तगरे।

कृषकले सहकारीमार्फत् विक्री गरेबापत गाउँपालिकाले प्रोत्साहनस्वरुप प्रतिकेजी रू २ र सहकारीलाई खरीद गरी भण्डारण र व्यवस्थापन गरेबापत प्रतिकेजी रू २ दरले अनुदान उपलब्ध गराउँदै आएको छ