संगीतको क्षेत्रमा गायन कलाले दुनियाँमा करिब ८० वर्षदेखिसक्रिय रहेकी लता स्वरा कोकिला लता मंगेशकरको गएको माघ २३ गते सरस्वती पूजाको दिन निधन भएको छ ।

आखिर जे डर थियो त्यही भयो सांगितिक अमूल्य रत्न गुमाएकोमा भन्दै कलाकर्मी सहित्यकार,संगितकर्मी लगायत बिभिन्न देशका नागरिक र नेपालीहरु निकै दुःख व्यक्त गरेका छन् ।करोडौंमन जित्न सफल ९२ वर्षीया लताले शव्दलाई संगीत प्रेमीहरुको मन छुने गरि आफ्नो स्वर दिएर स्वरा कोकिलाकी देबी कोरोनासंग पराजित हुदै अस्ताएकी हुन् ।

स्वास्थ्य खराबीका कारण झण्डै दुई वर्षसम्म घरमा आराम गरेर बसेकै समयमा सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तक र
गितप्रेमीहरुलाई सन्देश दिने गर्दागर्दै घरमा रहेका एकजना कर्मचारीमा कोरोना पोजेटिभ आएपछि उनको परीक्षण गरिएको थियो ।
यसैक्रममा लताको ८ जनवरीमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि तत्काल अस्पताल भर्ना गरिएको थियो भने कोरोनासँगै निमोनिया समेत भएको थियो ।

कोरोना संगै निमोनियाका कारण सास फेर्न गाह्रो भएपछि ब्रीच क्यान्डी अस्पतालमा २८ दिनसम्म भर्ना गरिएको थियो ।
उनलाई निरन्तर डा. कै निगरानीमा उपचार गरेपछि स्वास्थ्यमा सुधार आएका कारण अक्सिजन निकालेर असायुमा राखिएपनि माघ २३ गते बिहान ८बजेर २ मिनेटमा सरस्वती पूजाको दिन उनको निधन भएको हो ।

संगीत र मराठी थिएटरको संसारमा एक प्रसिद्ध व्यक्ती पं। दीनानाथ मंगेशकरको छोरीका रुपमा बि।स १९८५ भदौ १३ गते १९२९ सेप्टेम्बर २८ मा मध्य प्रदेशको इन्दोरमा जन्मिएकी स्वरकी धनि मेलोडी क्वीन लता मंगेशकरले कोरोनासँगको लडाइमा पराजित हुँदै आज ९२ वर्षको उमेरमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा संसारबाट बिदा भएकी हुन् ।

लताले ३६ भाषामा झण्डै ५० हजार गीत गाएकी छिन् भने जुन कुनै पनि गायिकाका लागि पनि महत्वपुर्ण रेकर्ड मानिएको छ। उनले एक हजारभन्दा बढी फिल्ममा आवाज दिएर जनमानसमा परिचत हुन सफल भएकी हुन् ।

उनले भारतीय मात्र नभएर नेपाली लगायत अन्य धेरै भाषामा समेत उहाँले स्वर दिएकी छिन् भने नेपालका चर्चित संगितकार सिखर सन्तोषको संगितमा ‘बाँचुन्जेलीलाई’ भन्दै भरेको स्वरनै उनको अन्तिम आवाज बन्यो ।

निकै भावुक्ता समेटिएको आनन्द अधिकारीको शव्द सिखर सन्तेषको संगित रहेको गितमा नेपाली चर्चित गाएक रमाकृष्ण ढकालको पनि स्वर रहेको निर्देशक किरण कडले रहेको गित हेर्ने दर्शक र श्रोताहरुले समेत सामाजिक सञ्जालमा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

कैयौँ नेपाली गीतमा समेत स्वर दिएर फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत अनगिन्ती पुरस्कारबाट सम्मानित हुन सफल भएकी हुन् ।

पद्मविभूषण, पद्मभूषण, दादासाहेब फाल्केलगायत धेरै सम्मान प्रदान गरिएको थियो भने ६१ वर्षको उमेरमा गीतका लागि राष्ट्रिय पुरस्कार जित्ने एक मात्र गायिका दिदीको स्वरमा गुञ्जिएको बाचुनजेलीलाई गिती कोसेली छोडेर संसारबाट बिदा भईन् ।

अहिले नेपाली भुभिका नेपालदेखि भारतिय संगितको क्षेत्रमा काम गर्दै चर्चा बटुलेका संगितकार सिखर सन्तोषले नेपाली देखि भारतिय सञ्चार माध्यमकाट लता दिदीको विषयमा निकै दुख व्यक्त गरेका छन् ।

भारतिय सञ्चार माध्यम एबिपि, दैनिकपत्रिका दैनिक भाष्कर लगायत बिभिन्न चर्चित न्युज च्यानलहरुसंगको कुराकानीमा लताको स्वरमा संगित भरेका सिखर सन्तोषले दुख व्यक्त गर्दै समाजिक सञ्जाल मार्फत पनि निकै भावुक्ताका स्टाटस पोष्ट समेत गरेका छन् ।

संगीतकार समेत रहेकी स्वरा कोकिलाकी देबी लताको आवाजमा रहेको गिती कोसिलीमा नेपालका चर्चित संगितकार सिखर सन्तोषले स्वरा कोकिला लता दिदीको निधनले गित संगितको महत्वपुर्ण खम्बा ढलेको र कलाक्षेत्रमा निकै ठुलो बज्रपात परेको बताएका छन् ।

लताको स्वर पाउन निकै संघर्ष गरेर आफु सफल भएको धाराण सुनाउदै गितमा संगित भर्ने अवसर मिले पनि अग्रज व्यक्तीसंग कसरी काम गर्ने भन्ने मनमा डरको अवस्था समेत आएको संगितकार सिखर सनेषको अनुभव अनुभव छ ।

रातो समाचारसंगको कुराकानीमा बोल्दै मुम्बईमा रहेर काम गर्दा हिन्दी, मराठी केही गीतमा संघर्ष गरिरहेको समयमा लताको भतिजा बैजनाथ मंगेशकर पनि गीत गाउने र बैजनाथको लागि मराठी गीत लिएर लताको घरमा जाने क्रममा मंगेशकर परिवारसँग भएको भेटले चिनजान भएको  र नेपाली गीतमा पनि केही गर्न पाए हुन्थ्यो भन्ने सोचपछि निकै संघर्षका साथ गरिएको प्रयासमा ‘बाँचुन्जेलीलाई’ मा संगित भर्न पाईएको बताए ।

गीत सुनाउन सुरुगरेपछि हार्माेनिमय बजाउँदा हात काम्न थालेको र लता दिदीले हौसला दिदै तिमी त मेरो गुरु हो, म तिम्रो गीत गाउँदै छु । निर्धक्क भएर मलाई सिकाउ भन्दै दिएको हौसला नै साहास बनेको र शब्द–को ख्याल गरेर, ह्रस्व, दीर्घलाई गाउने शव्द उच्चारणमा विचार गरि पातलो ‘स’, मोटो ‘श’ को उच्चारण बीच भएको सानो भिन्नतालाई हेरेर बुझेर मात्रै गाउने दिदीले करिब १५ दिन प्राटिकल गरेपछि ‘बाँचुन्जेलीलाई’ सफल भएको बताए ।

सिखर सन्तोष भन्छन् “सिरस्वती पूजाको दिन । सरस्वती देबी माताको स्वरूप दिदीको निधनको खबर सुनेर छांगाबाट खसेको जस्तै आभास भयो ।  कोभिडभएका कारण आइसीयुमा राखी उपचार गरिरहेको भन्ने थाहा पाएपछि म दिदीसंगै स्वर दिने गायक रामकृष्ण ढकाल संगीतकर्मी मिलन मोक्तान, सहितले पशुपतिनाथ मन्दिरमा सुस्वास्थ्यको लागि प्रार्थना गरेका थियौँ ।   दिदी सांगितीक क्षेत्रको महत्वपुर्ण गहना हुनुहून्थ्यो हामीले गुमायौं ।   दिदीसंग काम गर्ने सौभाग्य पाएं ।  धेरै कुरा दिदी संग सिक्ने आर्शीवाद लिने चाहाना भने मेरो अधुरो रहयो। दिदीको इच्क्षा थियो पशुपति नाथ मन्दिर दर्शन गर्ने । मलाई भेट्दा भन्नु भएको पनि थियो । कोशिस गरेतापनि पूरा गर्न सकिएन ।  दिदीलाई दिनकालागि लिएको रुद्राक्षको माला समेत दिन पाईन । भावुक हुदै भने ।

भारतमा मात्रै नभएर सांगीतिक क्षेत्रमा लागेका विभिन्न देशका संगीतकार, निर्माता, निर्देशक, गायकहरु सबैले लता दिदीले एउटा गीत गाइदिनुभए हुन्थ्यो भन्ने राखेको चहानामा म पनि एक थिएं ।  मेरो चाहाना पुरा भयो तर, त्यो अन्तिम बन्यो ।  मैले उहाँजस्तो गायक भेटेको छैन। स्वभावको हिसाबले पनि एकदम असल मिजासिलो सबैलाई माया गर्ने नम्र दिदीलाई त हामीले गुमायौं ।  त्यसैले संगीतकारसँगको सहकार्य गर्ने र गितसंगीतमा कसरी साधना गर्ने भन्ने दिदीबाट निकै कुरा सिक्नु पर्छ उनले भने ।  दिदीसंग बिताएका पल, पाएको हौसला आर्शीवाद मेरो मनमा सधै अमर रहने छ ।” ‘बाँचुन्जेलीलाई’ दिदीले अमुल्य रत्न छाडेर जानु भयो ।

हर्दिक श्रद्धाञ्जली स्वरा कोकिला लता दिदी।।