बागमती प्रदेशको राजधानी हेटौंडामा बागमती प्रदेशमा युवा सम्मेलन हुने भएको छ ।

हेटौंडामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै युवा सम्मेलनको तयारी पुरा भएको जानकारी गराइएको हो ।

यही वैशाख २८, २९ र ३० हुन लागेको सम्मेलनमा प्रदेशका १३ जिल्लाका युवाको सहभागीता रहने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताए ।
सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सरकार प्रदेश युवा परिषद्ले वार्षिक कार्यक्रम अन्तर्गत सम्मेलन गर्न लागेको बताएका हुन् ।
कार्यकारी उपाध्यक्ष चौलागाईले बताए अनुसार युवा सम्मेलनमा १६ वर्षदेखि ३० वर्ष उमेर समूहका २ सय भन्दा बढी युवाको सहभागिता रहने छ ।

गत बर्षदेखि आयोजना गर्न सुरु गरिएको र बार्षिक कार्यक्रमको रुपमा स्थापित भएको हो।

 

रातो समाचार संवाददाता
थप जानकारी