मकवानपुरगढी गाँउपालिकामा वक्तित्वकला, निवन्ध लेखन एवंम् चित्रकला कार्यक्रम सम्पन्न गरिएको छ ।

गाँउपालिका अन्तरगर्त वडा नम्बर २, कुर्लेदमारमा पर्ने श्री वंशगोपाल माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको हो ।

“वालमैत्री व्यवस्था आजको आवश्यकता “बालबालिकाका कुरा सुनौ,बालविवाह अन्त्य गरौ भन्दै ग्रामिण महिला स्वाबलम्बन संस्थाको आर्थिक सहयोग र९ प्राविधिक शिक्षालयको० आयोजनामा गरिएको एक दिवशिय कार्यक्रममा आधारभुत तह कक्षा ३ ५,६, ८ र माध्यमिक तह ९,१० र ११ क्रमसः चित्रकला, निबन्ध लेखन प्रतियोगिता गरिएको हो।

उक्त कार्यक्रममा वक्तित्वकला तर्फ निशान कार्की प्रथम, सुजन पार्खिन द्धतिय, उषा स्याङ्तान तृतिय र पुर्णिमा घलान सान्त्वना भएकी छिन् । त्यस्तैगरि निबन्ध लेखन तर्फ कक्षा ९ का पुष्कर रेग्मी प्रथम, कक्षा १०मा अध्यनरत लक्ष्मि थापा द्धतिय, कक्षा ११ मा अध्यनरत मुकेश रेग्मी तृतिय र कक्षा १० मा अध्यनरत रजनी दर्लामी सान्त्वना भएकी छिन् ।

विद्याालयका प्रध्यानध्यापक सन्देश तुम्सिङ्ग मगरको सभाध्यक्षता बिद्याालय व्यवस्थापन समितिको अध्यक्ष राम प्रसाद पुडासैनीको प्रमुख आतिथ्यता साथै पि.टि.ए. सदस्य पुर्णिामा भोम्जनको आतिथ्यता रहेको थियो ।
बिद्यालयका शिक्षक तथा कर्मचारीहरुको व्यवस्थापनमा सम्पन्न कार्यक्रमलाई स.प्र.अ. कल्पना गौतम ले संचालन गरेकी थिईन् ।।