हेटौंडा । बैशाख २१ गते शुक्रबारदेखि नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आउने भएको छ ।

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको जारी समूहकोचलचित्र ‘मनसरा’ ले प्रिमियरमा लोभलाग्दो प्रतिक्रिया पाएपछि सुखद व्यापार हुने निर्माण पक्षको विश्वास छ ।

बुधबार साँझ ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा आयोजना गरिएको प्रिमियरमा निर्देशक तथा अभिनेता निश्चल बस्नेत, अभिनेता तथा लेखक खगेन्द्र लामिछाने, अभिनेता निर्माता तथा निर्देशक अशोक शर्मा निर्देशक प्रदीप भट्टराई, अभिनेत्री सुरक्षा पन्त, विशेष भूमिकामा रहेका गायक सत्यराज आचार्य लगायतले चलचित्रको खुलेरै प्रसंसा गरेका छन् ।

सामाजिक, जातीय र मनोवैज्ञानिक पक्षबाट महिलाला भन्नु सन्तान उत्पादन गर्ने वस्तु हुन् भन्ने र निसन्तानको समस्यामा परेको पिडासंगै परिवार र समाजबाट भोग्नुपर्ने अनेक चुनौती अनि अन्तरजातीय सम्बन्धको आयामलाई कथामा रूपमा देखाइएको भन्दै प्रसंसा पाएको हो ।

उपेन्द्र सुब्बाद्धारा निर्देशित चलचित्रलाई सिनेमाका निर्माता शैलेन्द्रध्वज कार्कीले छायाँङ्कन गरेका हुन् ।
विष्णकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माताका रुपमा छन् ।

चलचित्रमा अहिलेका चर्चित कलाकार दयाहाङ राईको साथमा मिरुना मगर , प्रविण खतिवडा, मेनुका प्रधान अभिनेता हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको अभिनय रहेको छ ।

हेटौंडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा शानदार पर्दमा हेर्न सकिने  छ । अग्रिम टिकट बुकिङ्ग गर्न संपर्क नम्बर 057-520949

राजेश गरिब
थप जानकारी