हेटौंडा उपमहानगरपालिकालाई २०८० मंसिर मसान्तभित्र बाल मैत्री नगर घोषणा गर्ने अभियान अन्तरगत अभियान चलिरहेको छ ।

बालमैत्री स्थानीय शासन नीतिगत प्रकृयागत कार्यान्वयनकालागि अवलम्बन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखिकरण कार्यक्रम भइरहेको हो ।

बालमैत्री वडा घोषणाकालागि बिभिन्न व्यक्ती, जनप्रतिनिधी, संघ–संस्थाका प्रतिनिधी, लगायतको उपस्थितिमा सरकारले जारी गरिएको परिपूर्ण हुनुपर्ने सुचीका सम्बन्धमा जानकारी सहित केही वडका कार्यलयमा कार्यक्रम समेत गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाका सम्बन्धित बिभिन्नवडाका पदाधिकारी, राजनैतिक दल, स्वास्थ्य संस्था प्रमुख, बालबालिकाको हितमा काम गर्ने दावी गरिरहेका सरोकारवाला, पदाधिकारि, लगायत समारोहमा पुग्ने र माला लगाउने कार्यमा अतिनै व्यस्त छन् ।

हेटौंडा वडा नम्बर ३, ५ ले बालमैत्री स्थानीय शासन नीतिगत प्रक्रियागत कार्यान्वयनका लागि सरोकारवाला हरुसंग अबलम्बन तथा घोषणा सम्बन्धीमा सर्बपक्षिय व्यक्तित्वहरुबाट प्रतिबद्धता व्यक्त गरिदै वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

तर, बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाको बजारमै बालबालिकाहरु उपमहानगर भित्रै सडकमा मगेर हिडिरहेका छन् ।
बालबालिकाहरु हात फैलाउदै अंकल पैसा दिनुस्न भन्दै हिड्ने गरेको प्रसस्तै भेटिने गरेको छ।

हेटौंडा स्थित पशुपति मन्दिर, भुटनदेबि मन्दिर, बसपार्क, बुद्धचोक, राप्तीराड सडक पेटी लगायत क्षेत्रमा समेत स साना बालबालिकालाई राखेर माग्न लगाउने भेटिरहेपनि खासै कसैको चासो बनेको छैन ।

यस्तै हेटौंडा २ स्थित श्री बाबा बैद्यनाथ खाद्यन्न भण्डार नजिकै सडक पेटीमा श्रीमान श्रीमती १ सानो छोरा र लगभग ७ वर्षिया छोरी पनि सडक छेउको सडक पेटीमा बस्ने गरेका छन् ।

मुख्य बजारमै ति ७ वर्षिया बालिका पनि हात फैलाउदै अंकल पैसा दिनुस्न भन्दै हिड्ने गर्छिन् ।
सानी बालिकाले संकलन गरेको रकमले उनको गार्जेनले रक्सी पिउने गर्छन् ।

उक्त स्थानमा रहेकाहरु भन्छन् “ आफु कार्टुनहरु जम्म गरेर बेच्छन् । छोरीलाई माग्न पठाउछन् । सबै पैसाको रक्सी पिउँछन् । मस्त हुन्छन् । छोरीलाई पढ्न पनि दिदैनन् । कसैले संरक्षणमा लग्यो भने झगडा गर्न पुग्छन् । बालबालिकहरुको भविष्य बर्वाद छ ।”

मागिरहेको अवस्थामा प्रश्न गर्दा बालिकाको बुवा बताउने व्यक्तीले चोरेर नखाएको र माग्न लाज नहुने सहजै प्रति उत्तर फर्काउने गरेका छन् ।
विच सडकमा अधिक रक्सि पिएर लडिरहे संगै श्रीमानले कुटिरहेको दृश्य समेत देखिने गरेको छ ।

……………………………………………………………………………………………………………………

नेपालको कानुनी व्यवस्थामा नेपालका संविधानमा धारा ३९ मा मौलिक हकको रूपमा बालबालिकाको हकको व्यवस्था गरिएको छ । बालबालिकाले जन्मदर्ताको हक, राज्य र परिवारबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण विकासको पाउने हक, बाल सहभागिता, बालविवाह गर्नु नहुने, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाउने व्यवस्था छ ।
बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुर्व्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण वा अनुचित प्रयोग गर्न पाइने छैन भनिएको छ ।

त्यसैगरी बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक यातना दिन नपाइने, बाल अनुकूल न्यायको हक हुने, असाहय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित, विस्थापित एवम् जोखिममा रहेका बालबालिकालाई राज्यबाट विषेश संरक्षण र सुविधा पाउने हक हुने व्यवस्था छ । धारा ५१ मा राज्यका नीतिहरूमा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिक रूपमा ध्यान दिने व्यवस्था छ । नेपाल सरकारले बालबालिकासम्बन्धी ऐन २०७५ ल्याएको छ । यो ऐन बालबालिकाको क्षेत्रमा पछिल्लो महत्वपूर्ण ऐन हो ।
……………………………………………………………………………………………………………………
तर, यो कानुनमा मात्रै सिमित छ । कानुनले यस्तो भनिरहेकै छ ।यता सरोकारवालाहरुले बाल अधिकारको संरक्षण गरौं भनिरहेपनि शिक्षा पाउनुपर्ने समयमा सडक पेटीमा बस्ने गरेका दुई दमपती अधिक रक्सी पिएर बेहोसी अवस्थामा रहने गरेका कारण  शिक्षाको अधिकारबाट बालिका सिधै बञ्चित भएकी छिन् ।

बालअधिकार तथा बालसंरक्षणको क्षेत्रमा योगदान पु्र्याएको दावी गरिरहने सिविन नेपालद्धारा संचालित बाल हेल्पलाइन लगायतका संघ संस्थाहरुले पनि नदेखे झैं गरिरहेको छ ।

यसै विषयमा बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले सडक बाट अफुहरुले सिधै बालबालिका लग्न नपाइने बताउछन् ।

ज्ञवाली भन्छन् “बालिकाको बा आमा छन् । सिधै खोस्न मिल्दैन। खाद्यन्नको जोहो गर्न सकिन्छ । बालिकलाई केही समय अघि सिद्धार्थ उच्च माबिमा भर्ना गराई पढ्ने व्यवस्था गरायौं । खाद्यन्नको समेत जोहो गरिदियौं । तर, अहिले पढ्न बाट बञ्चित गराइएको रहेछ । बिद्याालय भर्ना गराउन सकिन्छ त्यती मात्रै हो।”

सम्बनिधतले बिभिन्न बाहाना गरेका छन् नै न अभिभावकले शिक्षा दिन सकेका छन् न त सम्बन्धित निकाएले जिम्मेवारी लिएर शिक्षाको बाटो खोलीदिन सकेका छन् । यता बालिकाको भविष्य अन्धकारतिर धकेलिएको छ।

यस्ता बिषयमा चासो नलिने हो भने यसले कस्तो नतिजा निम्त्याउछ भन्न सकिने अवस्था छैन ।

“बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नाराका साथ बालदिवसका अवसरमा धेरैको मन्तव्य सुनिन्छ । यस्तो अवस्थामा बालमैत्री वडा घोषणाको लागि तयारी गरिरहेका स्थानिय तहका व्यक्तीहरुले कार्यक्रम गरिरहे पनि यता किन ध्यान केन्द्रित हुन सकेका छैनन् ? यो गम्भिर प्रश्न बनेको छ ।