आर्जे रोशन दिप (RJ Roshan Deep) नामक अफिसियल आधिकारीका युट्युव च्यानलमा एक्सनको दृश्य समेत राखिएको “कमाण्डो” नामक हिन्दि सर्ट मुवि सार्वजनिक भएको छ ।

कमाण्डो केहो र कसरी एउटा हजारौँ व्यक्तिहरु मध्ये कुनै एउटा खास व्यक्ति मात्रै कमाण्डो बन्न सक्छ भन्ने विषयवस्तु उठान गरिएको उक्त सर्ट मुविमा बागमती प्रदेश हेटौँडाका संचारकर्मी “रोशन दिपको” एक्शन कोर्योग्राफी र डाइरेक्शन रहेको छ भने साथमा “दिपेश लामा”ले पनि रोशन दिपको विपरीत पक्षमा फाइटरको भुमिकामा काम गरेका छन् र “रोहित थापा”को समेत छोटो मिठो अभिनय रहेको छ ।

फाइटरमा दिपेश लामा, रोहित थापाको छोटो मिठो अभिनय र एक्सनसंगै संचारकर्मी रोशन दिपको अभिनय र दमदार डायलग डेलिभरी पनि रहेको छ ।

बलिउडका सुपरस्टार एक्शन किङ्ग हिरो विद्युत जामवालको एक्शन मुवि कमाण्डो बाट आफु प्रेरित भएकै कारण टिपिकल मार्सल आर्ट मुभहरुको प्रयोग गरेर उक्त सर्ट मुवि बनाउन जागर चलेको र मुवि बनाउनका लागि दक्ष्य जनशक्ति, पर्याप्त सो्रत, साधन र प्रविध नभएता पनि कडा मेहेनत र लगावका कारण पुर्णताका साथ आफ्नो सत प्रतिशत दिएर बिना रिटेकमा यानि एक टेकमा सबैले अभिनय तथा फाइट गर्न सफल भएको “रोशन दिप” बताउँछन् ।

पहिलो पटक हिन्दी भाषामा एक दुइ वाक्य भएपनि डायलग डेलिभरी गर्न पाउदा, अभिनय गर्न पाउदा थप हौसला र उर्जा मिलेको “रोहित” बताउँछन् ।

रोशन दिपले विश्वास र भरोसा गरि लामो समयको कडा प्रशिक्षण पछि फाइट गर्ने अवसर दिएकामा अवसरका लागि निकै खुसी लागेको र यसका लागी निमार्ण टोलीमा “दिपेश लामाले” धन्यवाद व्यक्त गरे ।