हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारणसभा हुने भएको छ । हेटौंडा – ७ स्थित नगस्वतीमा रहेको सहकारी संस्थाले आगामी असोज २४ गते २७औँ वार्षिक साधारणसभाको आयोजना गर्ने भएको हो ।
हेटौंडा–७ नागस्वती गएको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार नै साधारणसभा हेटौंडा–७ नागस्वती स्थित तासिर इङ्लिस सेकेन्डरी स्कुलको प्राङ्गणमा शनिबार बिहान १० बजे सुरु हुने भएको संस्थाले जनाएको छ । साधारणसभामा संस्थाले गरेको प्रगती बिवरण, वार्षिक नीति, कार्यक्रम संस्थागत प्रतिवेदन, आर्थिक वर्ष २०८३ / ८४ को योजना लेखापरीक्षण प्रतिवेदन माथिको छलफल लगायतको जानकारी गराइने संस्थाले जनाएको छ ।
साधारणसभामा रिक्त सञ्चालक समिति सदस्य चयन, कार्यविधि तयार तथा संशोधन, संस्था एकीकरण, लेखा समिति सँगै थप व्यवस्थापकको सेवा–सुविधा विषयसमेतमा छलफल गरिने जानकारी गराइएको हो । संस्थाले सभामा वैधानिकता, निर्णय पुस्तिका प्रतिनिधि चयन तथा अध्यक्ष र सचिवको प्रतिवेदनसम्बन्धी जानकारी र प्रस्तावसमेत प्रस्तुत हुने जनाएको हो।

















प्रतिक्रिया दिनुहोस्