रोटरी क्लब अफ मकवानपुरको अध्यक्ष विजय कुमार श्रेष्ठ ।

हेटौंडा । रोटरी क्लब अफ मकवानपुरको अध्यक्षमा विजय कुमार श्रेष्ठ चयन भएका छन् । हरेक वर्ष जुलाई महिनाको १ तारिखमा सुरु हुने नयाँ कार्यकालका लागि रोटरी क्लब मकवानपुरमा वर्ष २०२५÷०२६ का लागि विजय कुमार श्रेष्ठ अध्यक्ष पदमा चयन भएका हुन् । यस अघि रोटरी क्लब अफ मकवानपुर वर्ष २०२४÷०२५ अध्यक्ष पदमा रहेका अनिल कुमार अग्रवालको कार्यका सकिसकेको छ । नेपालभरी करिब १ सय ६६ वटा रोटरी क्लबको संस्था रहेकोमा ७ हजारको हाराहारीमा रोटरीको सदस्यहरु रहेको अध्यक्ष विजय कुमार श्रेष्ठले जानकारी दिएका छन् । रोटरी क्लबको कार्यकाल एकवर्ष सम्म रहने छ । अन्तर्राष्टिय रुपमा स्थापित संस्थको रोटरी क्लब अफ मकवानपुर र रोटरी क्लब अफ हेटौंडामा करिब १ सय १८ जना सदस्यहरु रहेको अध्यक्ष श्रेष्ठले बताए ।

रोटरी क्लब अफ मकवानपुरले विशेषगरी शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा काम गर्दै आइरहेको उनले बताए । रोटरीले एकवर्ष अघिनै आगामी वर्षका लागि अध्यक्ष चयन गर्ने गरेको उनको भनाई छ । यस अघिको कार्यकालमा रोटरी क्लब अफ मकवानपुरले आँखा शिविर, पोलियो विरुद्धको सचेतना अभियान अन्तर्गत इण्ड पोलियो नाओ, वृक्षारोपण, हेटौडा अस्पताललाई इसिजी मेसिन हस्तान्तरण, राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता गरिसकेको उनले बताए । रोटरी मकवानपुरको सचिवमा वर्ष २०२५÷०२६ का लागि सचिवमा हरिप्रसाद लामिछाने चयन भएका छन् मकवानपुरको पदस्थापना कार्यक्रम भने यही श्रावण महिनाभित्र सम्पन्न गरिने उनको भनाई छ । रोटरी क्लब अफ हेटौंडामा वर्ष २०२५÷०२६ का लागि प्रमेश प्रधानको पदस्थापना भइसकेको छ ।