
रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा वैशाख २६ गते शुक्रवार देखि ऊनको स्विटर, भुल चुक माफ र जार मुवी रिलिज हुँदैछ।
नवीन चौहानले निर्देशन गरेको चलचित्र अन्तरजातीय प्रेमकथाको विषयवस्तुमा बनाउन खोजिएको छ । चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस लगायतको अभिनय रहेको छ ।
बलिउड अभिनेता राजकुमार राव अभिनीत भुल चुक माफमा राजकुमारको सबै मेलोमेसो मिलेर विवाह हुन लागेतापनि रहस्यमय तरिकाबाट समय रोकिएर हल्दी समारोहपछि दिन अगाडिनै न बढेको देखाइएको छ । राव सँगै वामिका गब्बीको मुख्य भूमिका रहेको छ। म्याडडोक फिल्म्सको ब्यानरबाट बनेको फिल्मलाई करण शर्माले निर्देशन गरेका हुन् भने दिनेश विजानले निर्माता हुन् ।
साहित्यकार इन्द्रबहादुर राईको बहुचर्चित कथामा आधारित चलचित्र जारलाई फुर्वा छिरिङ लामाले निदेर्शन गरेका हुन् ।सौगात मल्ल, अनुप विक्रम शाहीलाई हामीले मुख्य मूमिकामा देख्न सक्छौँ भने सँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको पनि मुख्य भूमिका रहेको छ। चलचित्रमा नेपाली समाजमा सन् १८ सयको दशक अन्तिम तिर घटेको यथार्थ घटनालाई देखाउन खोजिएको निर्माण पक्षको दावी छ ।
बक्स अफिसमा कुन मुवीले बाजी मार्ला त्यो त समयले नै बताउँछ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मनपर्ने मुवी हेर्न न छुटाउनु होला । टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक माधव रिमालले बताए ।
प्रतिक्रिया दिनुहोस्