रोशन दिप –बैशाख १ गतेबाट प्रदर्शित फिल्म ‘जारी’पछि नेपाली फिल्मले व्यावसायिक सफलता हासिल गर्न सकेका छैनन् । बैशाख महिनामा मात्र ७ फिल्म असफल भए । यसका बावजूद पनि फिल्म रिलिज भने हरेक हप्ता हुँदै आएको छ ।  एनएस सिनेमा हल हेटौडामा जेठ ५ गते शुक्रबारबाट दुई फिल्म ’ नेपाली फिल्म ‘ए साथी सुन’ र हलीउड फिल्म फास्ट एक्स मुवी प्रदर्शनको मैदानमा उत्रिएका छन् । फरक फरक कथावस्तुमा बनेका दुवै फिल्मको रिलिज उद्देश्य पनि फरक छ ।

लभस्टोरी, कमेडी र थ्रीलर जनरामा बनेको ‘ए साथी सुन’मा वर्षा सिवाकोटी, रमेश बानियाँ, सुशिल पोखरेल, बिमला गिरी, स्वर्गीय जयनन्द लामा, आयन खड्का, रमेश अधिकारीका साथै बाल कलाकारहरु कृष्मा खड्का र इभान सन्जेलले अभिनय गरेका छन् । राम राघव आचार्यको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको निर्माण बीना कार्की र सन्तोषकुमार राईले मिलेर गरेका हुन् ।

त्यसैगरी फास्ट एण्ड फिउरियसको दशौँ पार्ट भनिएको हलीउड एक्सन एड्भेन्चर फिल्म फास्ट एक्स हो ।  हामीले धमाकेदार एक्सन दृश्य हेर्न सक्छौँ र एसको भुमिका बाधिरहनु जरुरी छैन किनकि मुवीको नामै काफी छ । जसमा चर्चित हलिउड कलाकार विन डिजलले अभिनय गरेका छन् भने लुइस लेटेरियरले निदेर्शन गरेका छन् । अब यी २ चलचित्र मध्ये बक्स अफिसमा कसले बाजी मारलान त्यो त समयले नै बताउँछ तर तपाइ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला ।

टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।