रोशन दिप – एनएस सिनेमा हल हेटौडामा बलिउड सुपरस्टार शाहरुख खानले अभिनित मुवी पठानले बजार तताइ रहेकै समयमा आज माघ २० गते शुक्रबार देखी अर्का दुइ मुवी पनी प्रदर्शनमा आएका छन् ।

पठानले अहिले विश्व बजारमा चर्चा कमाई रहेकै समयमा आज सन्दीप किशन तथा विजय सेथुपती स्टारर ग्याङग्स्टर ड्रामा जनरामा बनेको साउथ मुवि माइकल र डा। कपिल रिजालको लेखन, निमार्ण, निर्देशनमा बनेको नेपाली मुवी ‘ह्यारी कि प्यारी’ पनी प्रदर्शनमा आएको छ । जसमा चर्चित हास्य कलाकार जितु नेपाल र उनको जोडीको रुममा नायिका साम्राज्ञी आरएललाई देख्न सकिन्छ ।

अब पहिले नै नेपाल बाहिरको बलिउड मुवी पठानले तहल्का पिटिरहेको बेला एउटै समयमा बाहिरकै साउथ मुवी माइकल र नेपाली मुवी ‘ह्यारी कि प्यारी’मा बक्स अफिसमा कसले बाजी मारलान त्यो त समयले नै बताउँछ तर तपाइ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला ।

टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७ – ५२०९४९ अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।