रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा असार २९ गते शुक्रवार देखि नेपाली मुवी ‘बगान’ प्रदर्शनमा आएको छ ।

अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छन् । अभिनेत्री  प्रमिला कार्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

फिल्ममा अभिनेत्री मानन्धरलाई एकल महिलाका रूपमा चित्रण गरिएको छ । ‘बगान’ मा एकल महिलाका इच्छा, चाहना, परिवारले गर्ने व्यवहारलगायत विषयवस्तु प्रस्तुत गरिएको छ ।

एनएस सिनेमा हलमा एकल महिलाहरूलाई यो चलचित्र निशुल्क देखाउने घोषणा समेत गरिएको छ। यसको लागि चलचित्र हलमा एकल महिला प्रमाणित गर्ने एक प्रती फोटोकपी लिएर आउनु पर्नेहुन्छ ।

टिकट लिनको लागि एनएस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।