हेटौंडा/ नेपाली फिल्म ‘मास्टर्नी’ ‘क्राइम थ्रिलर’ जनरामा आमा र छोरीको मार्मिक कथा पस्कने  फिल्मको टिजर सार्वजनिक भएको छ ।
१ मिनेट ११ सेकेण्डको टिजरमा अभिनेत्री प्रियंका कार्की र छोरीको भूमिकामा सिम्रन खड्कालाई प्रस्तुत गरिएको देखिन्छ ।
आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको पहिलो चलचित्र ‘मास्टर्नी’  को टिजरमा देखिए अनुसार पहिलो झलकमा एक बच्चाले जंगलमा मृत शव देखेपछि र कैयौँ रहस्यले भरिएको हो भन्ने दर्शाउँछ ।

सुवेन्दु घोषको  निर्देशनमा तयार भएको चलचित्र अघिल्लो समय सार्वजनिक भएको फस्टलुकमा अभिनेत्री प्रियंका कार्कीको प्रस्तुतीले दर्शकको राम्रो ध्यान तानेको थियो ।

फस्टलुकको चर्चा हुँदैगर्दा पछिल्ले समय प्रचार प्रसार र प्रमोसनकै लागि भनेर म्याथ सिक्ने भए बोलको गित सार्वजनिक भयो । ‘मास्टर्नी’को प्रोमोसनल गीतलाको चौतर्फी बिरोध समेत भयो ।

गीतलाई १४ जुलाईमा दुर्गेश थापा र प्रियंका कार्कीले संयुक्त रूपमा युट्युबमा सार्वजनिक गरेका थिए । दुर्गेश र गायिका बबिना किँरातीको स्वर रहेको गीतमा दुर्गेशसँगै अभिनेत्री प्रियंका कार्की, अभिनेता आर्यन सिग्देल, आयुष्मान देशराज जोशी देखिएका थिए ।

सार्वजनिक भएको तीन दिनमा नै यो गीतलाई १० लाखभन्दा धेरैले हेरिसकेका थिए । तर गीतमा प्रयोग गरिएको शब्दहरू अश्लील र द्विअर्थी भएको भन्दै विवाद चुलिएको थियो । सोहीक्रममा सामाजिक सञ्जालबाट हटाउन बिभिन्न तर्फबाट विज्ञप्ति निकाल्दै बिभिन्न स्थानबाट सम्पूर्ण शिक्षक वर्ग र शिक्षण पेसाकै गौरवमाथि आघात पुर्‍याएको भन्दै उक्त गीत हटाउन माग गरिएको थियो ।

बिभिन्न स्थानबाट विवाद आएपछि गायक दुर्गेश थापा र प्रियंका कार्कीले ‘मास्टर्नी’को प्रमोसन गीत ‘ताराबाजी लैलै’ युट्युबबाट हटाइएका हुन् । अभिनेत्री तथा चलचित्र निर्माता प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत माफी समेत मागेकी हुन् । गीतका केही शब्द र दृश्यले शिक्षक–शिक्षिकाको पेसा तथा यससँग जोडिएका व्यक्तित्वहरूको गरिमामा चोट पुगेको भन्दै क्षमायाचना गरेकी हुन् ।

कला र मनोरञ्जन प्रस्तुत गर्ने मात्र भएको र नकारात्मक असर पार्ने आफ्नो र आफ्नो टिमको कुनै मनसाय नरहेसँगै प्रस्तुतिका कारण अनजानमै दर्शकहरुको भावनामा चोट पुगेको भन्दै गल्ती स्वीकार गरिसकेकी छिन् ।

गायक तथा कलाकार दुर्गेश थापाले पनि गीतका केही शब्द र प्रस्तुतिले शिक्षक तथा अन्य दर्शकको भावनामा चोट पुगेको भन्दै माफी मागिसकेका छन् ।

‘मास्टर्नी’  –  अब भने टिजर सार्वजनिक भएपछि अघिल्लो समय देखिएको गित र टिजरमा अनुमानित कथा बिल्कुलै फरक भन्न सकिन्छ । जंगलमा बालकले देखेको मृत शवदेखि छोरी सिम्रन कुलतमा परेको अनि सुरक्षाका निम्ति आमा कुन हदसम्म जान सक्छिन् यही मर्मस्पर्शी विषयवस्तुलाई केन्द्रमा राखिएको छ ।क्राइम थ्रिलर, फ्यामेली ड्रमा जनरामा  छोरीको सुरक्षाका निम्ति पर्ने संघर्ष अनि आमाले आफ्नी छोरी बचाउन के सम्म गर्न सक्छिन् भन्ने सोच्न बाध्य बनाउँछ । डार्क कलर अनि भिजल हेर्दा साउथको झल्को नेपाली फिल्मपनि यस्तो हो हुन्छ भन्न मिल्ने ‘मास्टर्नी’ मा पाइने संकेत देखिएको छ । अझ आगामी दिनमा ट्रेलर सार्वजनिक भएपछि अधिक अनुमान होला ।

भारतिय निर्देश सुवेन्दु घोषको निर्देशनमा तयार भएको फिल्ममा प्रियका सँगै कलाकारहरलाई खरो रुपमा उतारेका छन् भन्ने अनुमान लगाँउदा फरक पर्दैन ।भारतीय प्राविधिक टिमले काम गरेको चलचित्रको पोस्ट प्रोडक्सनको काम नेपाल र भारत दुवै स्थानमा भइरहेको छ।

फिल्ममा नेपाली फिल्म क्षेत्रका उत्कृष्ट कलाकारहरूको अभिनय छ । प्रमुख पात्र प्रियंका कार्की सँगै ,सिम्रन खड्का, आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, रक्षा थापा, दिनेश काफ्ले लगायत दिग्गज कलाकारहरुको अभिनयलाई हेर्न पाइन्छ ।

प्रियंका कार्की स्वयंको कथा शान बस्नेतको पटकथा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीको निर्माण कार्यकारी तथा क्रिएटिभ निर्माताको रूपमा सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार रहेका छन् । संवाद लेखनमा प्रियंका र शान दुवैको सहकार्य रहेको छ ।
युवराज इन्दोरियाको छायाङ्कन तथा राजा सिंह सिदुको सम्पादन, रोहित शाक्यको सङ्गीत, त्रिशाला गुरुङको गायन रहेको छ। चलचित्रको पोस्टर डिजाइन तथा पब्लिसिटी पार्टनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) रहेको छ।  चलचित्रलाई नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ। चलचित्र भदौ ५ गतेबाट प्रदर्शनमा आउंदैछ।