हेटौंडा । नीता ढुङ्गानाको निर्देशन रहेको नेपाली फिल्म ‘पार्वती’आउँदो भदौ १२ गते (रक्षाबन्धन) देखि प्रदर्शन हुने भएको छ ।
चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको ‘पार्वती’ का विषयमा बोल्दै निर्देशक नीताले परिवारलाई साथमा बसेर फिल्म हेर्न आग्रह गरेकी छन् । सबै उमेर समूहका दर्शकले परिवारसहित सिनेमा हलमा गएर फिल्म हेर्न पाउने र दिदी-भाइको भावनात्मक अटुट मायाको गाढा सम्बन्धलाई कारूणिक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा नीता ढुंगाना र बाल कलाकार अशोक दर्जीबीच अटिजम भएकी दिदी प्रति भाएको अथाहा प्रेम अनि छोरीले भोग्नुपरेको समाजका विभिन्न विभेद लाञ्छना र त्यसले पार्ने प्रभावलाई देखाउन खोजिएको छ। निर्देशक नीताकै कथामा रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्।
‘पार्वती’ मा निता र अशोक सँगै साथमा, दीपाश्री निरौला, सिरू विष्ट, राज पंगेनी शर्मा, राधिका कंडेल, आशा पौडेल, दीप्त प्रकाश अधिकारी, राजेन्द्र नेपाली लगायत कलाकारहरूको पनि अभिनय छ।
सुदीप बरालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन र साहिल खानको सम्पादन हरिहर अधिकारीले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे रहेका छन्।
यसअघि फिल्म ‘ह्रस्वदीर्घ’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि पहिलोपटक निर्देशकका रूपमा ‘पार्वती’ मार्फत दर्शकमाझ आएसँगै कस्तो प्रभाव पार्छ भन्ने प्रतीक्षा रहेको प्रतिक्रिया आइरहेको छ ।






















प्रतिक्रिया दिनुहोस्