मकवानपुर निर्वाचन क्षेत्र प्रदेशसभा १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।

गत २०७९ मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुँदा २१ लाख ११ हजार छसय आठ रुपैयाँ खर्च गरेको बिवरण उनले सार्वजनिक गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय मकवानपुर मार्फत निर्वाचन आयोगमा पुलामीले बुझाएको खर्च बिवरणमा सबैभन्दा धेरै निर्वाचन परिचालनको लागि बनाइएको वडा स्तरीय कार्यालयहरु सञ्चालनको लागि १४ लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।

त्यस्तै उम्मेदवार हुँदा सचिवालय सञ्चालन गर्दा चार लाख ५२ हजार एकसय ५८ रुपैयाँ, चुनाव प्रचार प्रशारको क्रममा खाजा खानामा एक लाख २७ हजार एकसय ५० रुपैयाँ खर्च भएको बिवरणमा उल्लेख छ ।

निर्वाचन प्रचार प्रशारको क्रममा प्रयोग भएको सवारी साधनमा पेट्रोल डिजेल हाल्न ७७ हजार तीनसय रुपैयाँ खर्च भएको र वडा सचिवालयको भाडा तिर्न ५५ हजार रुपैयाँ खर्च भएको आयोगमा बुझाएको बिवरणमा उल्लेख छ ।

मकवानपुर निर्वाचन क्षेत्र प्रदेशसभा १(१) का स्वतन्त्र उम्मेदवार जीवन गोलेले पनि निर्वाचन खर्च बिवरण सार्वजनिक गरेका छन् । उनले निर्वाचन आयोगमा बुझाएको बिवरणमा दुई लाख १६ हजार एकसय रुपैयाँ खर्च भएको उल्लेख छ ।

गोलेले झण्डामा तीन हजार छ सय, फ्लेक्स बोर्डमा पाँच हजार, स्वस्तीक छाप स्ट्याम्प र पर्चामा १२ हजार पाँचसय, नमुना मतपत्रमा ५० हजार, यातायातमा एक लाख २० हजार, खाना र खाजामा पन्द्र हजार र सुचना/सञ्चारमा पाँच हजार खर्च गरेको बिवरण आयोगमा बुझाएका छन् । फोटो प्रेम बहादुर पुलामी