हेटौंडा / शैक्षिक सत्र २०८० को एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि कक्षा ११ मा भर्नाका लागि सामुदायिक देखि बिभिन्न कलेजहरुले भर्ना खुल्ला गराएका छन् । बिभिन्न कलेजहरुले न्यूनतम शुःल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धता समेत गरिहेका छन् ।
\बागमती प्रदेशको राजधानी हेटौंडा – १० भुटनदेवि मन्दिर जाने बाटोमा रहेको नारायणी कलेज, तुलसी माद्यामिक विद्यालयले पनि एसइई उर्तिण गरेका विद्यार्थीहरुका लागि कक्षा ११ मा भर्नाका खुलाएको छ ।न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धता गर्दै भर्ना खुल्ला गराएसंगै शिक्षाका विषयमा आउदा दिनमा अझ स्तरिय शिक्षा प्रदान गरिने जानकारी गराएको हो।
यसैक्रममा शैक्षिक क्षेत्रमा कलेजका प्रिन्सीपल रघुनाथ खरालले अनुभवी शिक्षकहरुद्धारा शिक्षा प्रदान गरिदै आएको र भरपर्दो नारायणी कलेज,नै भएको प्रिन्सीपल रघुनाथ खरालले बताएका छन् ।
खरालले बताए अनुसार साइन्स,कर्मस, कम्प्युटर साइन्स्, होटल म्यानेजमेन्ट र विज्नेस स्टडी लगागतका विषयहरुमा भर्ना भइरहेको छ ।
सुविधा सम्पन्न भौतिकपूर्वाधार, प्रोजेक्टरका माध्यमबाट पनि अध्यापन गराइने,अत्याधुनिक कम्प्युटर ल्याब, विज्ञान प्रयोगसालाको व्यवस्था, विपन्न तथा जेहन्दार विद्यार्थीहरुकालागि छात्रवृतिको व्यवस्था, शैक्षिक भ्रमण र अवलोकनको व्यवस्था, होस्टेलको व्यवस्था, सप्ताह व्यापी खेलकुद कार्यक्रम गरिदै आइएको बताए ।
शिक्षा प्रदान गरिदै गर्दा किताबी मात्र नभएर प्रयोगात्मक ढङ्गबाट व्यवहारिक शिक्षा प्रदान गरिने कलेज रहेको र हेटौंडा भित्र हर्नामाडी,हटिया, कमाने, पदमपोखरी, सिमेन्टरोड लगायतको रुटमा यातायातको सुविधा सहित पठन पाठन गराउदै आएको प्रिन्सीपल खरालले बताए ।
हालै एसइइ उत्तिर्ण हुने बिद्यार्थीहरुलाई बधाई र सफलताको शुभकामना दिदै जिपिए कम र अधिक नहेरी आउने समयमा अतिनै राम्रो गर्छु भन्ने सोच सहित अघि बढ्नुपर्ने बताएका हुन् ।
बिद्यार्थीहरुको भविष्य सूनिश्चित गर्ने अभियानमा कलेज रहेको र सोही अनुसार शिक्षा प्रदान गरिदै आएको बताए ।














प्रतिक्रिया दिनुहोस्