बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।

हेटौडा उपमहानरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो। आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
केही बेरअघि वडा नम्बर ३ को २१३१ गणनाहुँदा   मेयरका लागि सुर्य ४२१ कलम ८४७ हलो ५९३ मत प्राप्त छ ।
उप मेयरका लागि सुर्य ५६८ रुखमा १०७१ मत प्राप्त छ । हलोले १५६ मत पाएको छ ।
वडा अध्यक्षका लागि रुखमा ९९२ सुर्यमा ६४१ मत प्राप्त छ ।  हसिया हतौडामा ६२७ आएको छ ।

मेयर र उपमेयरमा गठबन्धनले अग्रता पाएको छ ।
मत गणना जारी छ ।