बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा शनिबार बिहान ८ बजेदेखी सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
यसैक्रममा हेटौंडा उपमहानगर २ मा कांग्रेसका गठबन्धनबाट उम्मेदवार बनेका वडाध्यक्ष पउम्मेदवार विष्णु गोपाल महर्जन विजयी भएका छन् ।
त्यस्तै महिला सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी तारा ढुंगाना, दलित महिला सदस्यमा काँग्रेसकी मैयाँ परियार, खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रका इन्द्र प्रसाद रिजाल र काँग्रेसका सुरज बर्तौला बिजयी भएका हुन् ।
यस वडामा नेपाली काँग्रेसले ३० बर्ष पछि जित हासिल गरेको हो ।
























प्रतिक्रिया दिनुहोस्