जिल्ला प्रशासन कार्यालय मकवानपुरले मानिसको  भिडभाड भेला,जुलुस,आमसभा लगायतका गतिविधिमा रोक लगाएको छ ।

जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढेसंगै कोरोना नियन्त्रणका लागि मानिस भेला हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाईएको प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासनद्धारा सोमबार एक विज्ञप्ती जारी गर्दै १६ बुँदे आदेश जारी गरेको हो ।

 

मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश

जिल्लाभित्र कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गइरहेको सन्दर्भमा संक्रमण रोकथाम तथा नियन्त्रणका जिल्ला कोभिड व्यवस्थापन समिति, मकवानपुरको मिति २०७८-१०.०३ को निर्णय, जिल्ला सरक्षा समितिको मिति २०७८-१०.०३ को निर्णय, नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७८-०९-३० निर्णय, संकामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी मिति २०७८-१०-०३ गते राती १२:०० बजेदेखि मकवानपुर जिल्लाभर लागू हुने गरी यो आदेश जारी गरिएको व्यहोरा अनुरोध छ । यो आदेशको बर्खिलाप भए, गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

देहाय:

१. आवश्यक काम परी घरबाहिर निस्कनुपर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भिडभाड
    नगर्ने, नगराउने ।

२. सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने कियाकलाप संवत् २०७८ साल माघ मसान्तसम्म
    सञ्चालन नगर्ने ।

३. गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने । भौतिक रूपमा उपस्थित
   भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी र एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा बढीमा पच्चीस जना मात्र सहभागी रहने गरी सञ्चालन गर्ने ।     साथै, त्यस्ता क्रियाकलाप सञ्चालन गर्दा संवत् २०७८ साल माघ ७ गते पश्चात् त्यस्तो कार्यक्रममा खोपको पूरा मात्रा लगाएका व्यक्तिहरू मात्र उपस्थित हुने गरी गर्ने           व्यवस्था मिलाउने ।

४. सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, पिकनिक स्थल, खेलमैदान,
    फुटसल, पटके हाटबजार र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम संवत् २०७८ साल माघ १५ गतेसम्म सञ्चालन नगर्ने ।

  ५. विद्यालय, कलेज, टयूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप संवत् २०७८ माघ १५ गतेसम्म भौतिक रूपमा उपस्थितिमा सञ्चालन नगर्ने । त्यस्ता    शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाई सञ्चालन गर्ने ।

६. विद्यालय, कलेज, संघ तथा प्रदेश लोक सेवा आयोगका पूर्व निर्धारित लिखित तथा प्रयोगात्मक परीक्षाहरू जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने ।

 ७. मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी संवत् २०७८ साल माघ मसान्तसम्म नित्य पूजा मात्र गर्ने,                 गराउने ।

८. सपिङ मल, डिपार्टमेण्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसलमा एक पटकमा पच्चीस जना भन्दा बढी हुन नहुने, कुनै पनि सामान अनावश्यक रूपमा नछुने,         दुई व्यक्तिको बीचमा कम्तिमा दुई मिटर दूरी कायम गर्ने, मास्क अनिवार्य गर्ने, पटक-पटक साबुन पानीले हात धुने वा सेनिटाइजर गर्ने गरी सञ्चालन गर्ने ।

जनस्वास्थ्यसम्बन्धी

मापदण्ड पालना गर्ने, गराउने दायित्व सम्बन्धित व्यवस्थापक वा सञ्चालकको हने । ९. पार्टी प्यालेसमा एक पटकमा कूल क्षमताको बढीमा एक तिहाईमा नबढ्ने गरी बढीमा पच्चीस जना मात्र उपस्थित  रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी विवाह, ब्रतबन्ध, न्वारान तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्न दिने ।

 

 

 

 

 

१०. धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका
    अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा पच्चीस जना भन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी मात्र             सञ्चालन गर्ने । तर, एक पटकमा पच्चीस जना भन्दा बढी जम्मा हुने क्रियाकलाप सञ्चालन गर्नु परेमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृतिमा जनस्वास्थ्यका                  मापदण्ड अनिवार्य पालना गर्ने गरी मात्र सञ्चालन गर्ने ।

११. सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा देहायबमोजिम गर्ने:

क. सिट क्षमता भन्दा बढी यात्रु नराख्ने,

ख. सबै यात्रुलाई मास्क अनिवार्य गर्ने,

ग. सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने,

घ. चालक तथा सहचालकले मास्क र फेस-सिल्ड लगाउनु पर्ने,

ङ. सवारी साधनलाई दैनिक रूपमा निसङ्क्रमित गर्नुपर्ने,

च. सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैयाँ लिई
मास्क उपलब्ध गराउनु पर्ने,

छ. मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने, ज. लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनहरूले यात्रुहरूलाई बसपार्कबाट Pick and Drop मात्र गर्ने
व्यवस्था मिलाउने ।

१२. कार्यालय र पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्ने । कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ            लिई मास्क उपलब्ध गराउने । मास्क नलगाउने व्यक्तिलाई  कार्यालय तथा पसलमा प्रवेश गर्न नदिने । १३. होटल तथा रेष्टुरेण्टले देहायबमोजिम मापदण्ड पालना             गरी सेवा दिने:

क. होटेल तथा रेष्टुरेण्टका कामदारले अनिवार्य रूपमा मास्क, फेस-सिल्ड र पञ्जा लगाउने

ख. होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्ने सबै सेवाग्राहीलाई मास्क अनिवार्य गर्ने,

ग. कूल क्षमताको आधा भन्दा बढी नहुने गरी कम्तिमा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्ने,

घ. सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, .

ङ. होटेल तथा रेष्टुरेण्टलाई नियमित रूपमा निसङ्क्रमित गर्नुपर्ने, च. होटेल तथा रेष्टुरेण्टमा कुनै सेवाग्राही मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ           लिई मास्क उपलब्ध गराउनु पर्ने र मास्क नलगाउने व्यक्तिलाई होटेल तथा रेष्टुरेण्ट प्रवेश गर्न नदिने, छ. राष्ट्रिय राजमार्गहरूमा सञ्चालित होटेल तथा रेष्टुरेण्टहरूले       जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गरी  भिडभाड नहुने व्यवस्था मिलाई आलोपालो गरी सेवा दिने,
ज. होटेल तथा रेष्टुरेण्टहरू रातको ९:०० बजेसम्म मात्र खुला राख्ने । १४. सबै प्रकारका व्यवसायहरूको अग्रपङ्क्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरूलाई             नियमित सेवा दिने  कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई पटक एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र काममा खटाउने ।         उद्योग प्रतिष्ठानहरूले आफ्ना कामदारलाई एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ  आएका व्यक्तिलाई मात्र जनस्वास्थ्यका मापदण्डहरू पूर्ण पालना गरी काममा            लगाउने ।

१५. जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड-१९ को चिन्ह वा लक्षण देखिएमा अनिवार्य रूपमा पाँच दिन क्वारेन्टिमा बस्ने र ५ दिन पछि कोभिड-१९ परीक्षण             गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउने। १६. नियमित रूपमा सञ्चालन हनपर्ने स्वास्थ्य सेवाहरू जनस्वास्थ्यका मापदण्ड पालना गरी नियमित सञ्चालन गर्ने।