सुदुर पश्चिमकी १८ वर्षिया उसु खेलाडीको निता खड्काको निधन भएको १३ औं दिनमा दिप प्रज्वलन गरिएको छ ।

मकवानपुर उसु संघद्धारा हेटौंडामा आयोजना भएको प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा विजयी भई स्वर्ण पदक हात पार्न सफल उसु खेलाडी निताको मृत्यु भएको थियो ।

धनगढी उपमहानगर–१२ जुगेडाकी १८ वर्षीया नीता खड्काले स्वर्ण पदक हात पारेपछि घर फर्कदा कपिलवस्तुको चन्द्रौटाबाट करिब १५ किमी पश्चिम स्थित चोरखोलामा राति एक बजे उनि सवार बसलाई ट्रकले ठक्कर दिदा दुर्घटनामा परि निताको निधन भएको हो ।
स्वर्गिय नितालाई स्मरण गर्दै उसु संघले बिहिबार हेटौंडाको बुद्दचोकमा दिप प्रज्वलन गरेको हो ।

संघका अध्यक्ष ज्योतिरत्न बज्रचार्यले स्वर्गिय नितालाई स्मरण गर्दै हेटौंडामा खेलाडीका लागि महोत्सव कार्यक्रम गर्दैगर्दा खुसी भन्दा कुसल खेलाडी गुमाउनु परेकोमा दुखाएको बताए ।

दिप प्रज्वलनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेष खड्गी, हेटौंडा उपमहानगरमा रहेका खेलक्षेत्रसंग आवद्ध, खेलप्रेमी, खेलाडी लगायतको उपस्थिति रहेको थियो ।