नेपाल–भारतबीचको खुला सिमानाले निम्त्याएको विसंगति तथा समस्यालाई चित्रण गरिएको नेपाली चलचित्र काँडेतार नेपालीले एकपट हेर्नै पर्ने चलचित्र रहेको चलचित्रका निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले बताएका छन् ।

 

मंगलबार हेटौंडा २ मा रहेको पल्पसा सदनमा आयोजित पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा ४ नारायणीमलमा रहेको एनएस सिनेमा हलमा नेपाली चलचित्र काँडेतार पुष २७ बिशेष च्यारिटी शो बारे जानकारी गराउदै गर्दा खड्काले यस्तो बताएका हुन् ।

राष्ट्रियताको विषयमा उठान भएको र सीमाना क्षेत्रको विभिन्न समस्या र सीमाना क्षेत्रमा काँडेतार लगाउनुपर्ने विषय मुद्दाको रुपमा फिल्मले उठाएकाले नागरिकलाई राष्ट्रियता बोध गराउने कथा रहेको खड्काको भनाई छ ।

उनले देशको माटो र नेपाली जोगाउनु पर्छ भन्ने भाव रहेको चलचित्र ६० भन्दा बढी शो प्रदर्शन गरिसकेको र आगामी फागुन २५ गते चलचित्र देशभर प्रदर्शन हुने जानकारी दिए ।

पुस २७ गते नारायणी मल अवस्थित एनएस सिनेमा हलमा दिउँसो साढे बजे काँडेतार च्यारिटी शो प्रदर्शन गरिनेर खुला सीमाका कारण झडपमा परि मृत्यु भएका परिवार तथा घाइतेहरुको लागि सो रकम सहयोगार्थ रहने बताए ।

आगामी २८ गते शनिवार वीरगन्जमा हुन लागेको ‘काँडेतार’को विशेष प्रदर्शनमा भने रोक लागाइएको बताए ।

चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष कपील खड्काकोसभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकार प्रशान्त यादव, कलाकार सुशान्त कुमार श्रेष्ठ, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

यसैविच खड्काले चलचित्रलाई सेन्सर बोर्डले रोक लगाए देखि सेन्सर फुकवा र चलचित्र बारे जानकारी दिएका छन् ।

 

“काँडेतार” को च्यारिटी शो हेटौंडाको एनएस हलमा