हेटौंडा उपमहानगर ४ नारायणीमलमा रहेको एनएस सिनेमाहलमा नेपाली चलचित्र काँडेतार पुष २७ बिशेष च्यारिटी शो हुने भएको छ ।

नेपाल–भारतबीचको खुला सिमानाले निम्त्याएको विसंगति तथा समस्यालाई चित्रण गरिएको यल्लेख गरिएको चलचित्रलाई सेन्सर बोर्डले सर्टिफिकेट नदिएर रोक समेत लगाएको थियो ।

सार्वजनिक गरिएको टिजरले राम्रौ चर्चा पाएसंगै सेन्सर बोर्डका सदस्यहरुले फिल्म हेरेपछि भारतसितको सम्बन्धमा असर पर्ने भन्दै चलचित्र जाँच समितिले सो फिल्मलाई रोक लगाएको थियो ।

गएको बैसाख १३ गते नै आएको समाचार अनुसासार्वजनिक गरिएको शीर्ष गीतमा नेपाल भारत सीमामा काँडेतार लगाउनु पर्ने देखाइएको र चलचित्र हेरिसकेपछि बोर्डका पदाधिकारीले सो चलचित्रलाई सेन्सर प्रमाणपत्र दिन अस्वीकार गरेका थिए।
निमार्णटोली यस विषयमा कुराकानी गर्न बिभिन्न स्थानमा पुगेका थिए ।

गएको जेठ ४ गते नेपाली चलचित्र  “काँडेतार”  सेन्सर पास भएको निमार्ण टोली पक्षबाट जानकारी आएको थियो ।
फिल्मका निर्माता, निर्देशक तथा अभिनेता समेत रहेका नवल खड्काले सेन्सर फुकवामा सहयोग गर्नेहरुमा हार्दिक आभार व्यक्त गरेका थिए ।

उनले सेन्सर बोर्डले फिल्ममा रहेको गृह मन्त्रालयको र भुटानको बिषयमा रहेको दुई दृष्य हटाएर सेन्सर पास गरेको जानकारी दिएका थिए ।

प्रदर्शनको मिति चाँडै घोषणा गरिने समेत बताएका थिए।

सामना फिल्म्सले निर्माण गरेको ‘काँडेतार’ लाई नेपाल सरकारको सेन्सर बोर्डले फुकुवा गरेर पिरजी सर्टिफिकेट दिएको हो ।

चलचित्रमा मुख्य भूमिकामा निर्देशक खड्काको साथमा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्का लगायतको दमदार अभिनय रहेको छ ।

श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी मणि थापा र दीपक शर्माको संगीत र सौरभ लामाको छायाँकन रहेको छ ।
तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा नवलसँगै माकिको राई र अञ्जु केसी निर्माता हुन् भने कार्यकारी निर्माता नवलकी पत्नी गायिका सत्यकला राई हुन् ।

सोही नेपाली चलचित्र “काँडेतार”  बिशेष च्यारिटी शोमा .पुष २७ गते दिउँसो २:३० बजे हेटौंडाको एनएस सिनेमा हलमा हेर्न पाइने भएको छ ।

हेटौंडामा टिकटको लागि रामकृष्णम शिवाकोटीको मोबाइल नं. 9855012713मा समपर्क गर्न सकिने छ ।