


हेटौँडा उपमहानगरपालिका वडा नं. ४ भित्र बसोबास गर्नेहरुले पशुपति मन्दिर क्षेत्र, चिल्ड्रेन पार्क, पारिजातपथ लगायत बिभिन्न स्थानमा सडक निर्माण कार्य अधुरो भएको र सडक खाल्डाखुल्डी भएपनि वास्तानै नगरेको भन्दै निकैगुनासो पोखे।
बिभन्न व्यक्तीहरुले वडाध्यक्षले जनताको बिषयमा चासो नदिएको आरोप स्थानियहरुले लगाएको थिए ।
यसै विषयमा बोल्दै वडा नं. ४ का अध्यक्ष नविन सिग्देलले पुस २७ गते सडक स्तरीकरणको लागि उपमहानगरले बोलपत्र आव्हान गरेको र वडा भित्र बिभिन्न स्थानमा विकास निर्माण कार्य छिट्टै सम्पन्न गर्ने बताएका थिए ।
उनले बिकास भन्ने कुराको कहिल्यै अन्त्य नहुने र गनुपर्ने कार्यमा पछि नहट्ने बताए ।
उनले बताए अनुसार कर्रा,गर्दोही खण्डको गर्दोही चौकदेखि सूर्य चौकको उकालोसम्म ३ सय ९० मिटरमा दूवै तर्फ ढल, कर्भ स्टोन, स्लोप डेन, अस्पाल्ट पीच सडकको बीचमा रहेको विजुली पोल समेत व्यवस्थापन गर्ने गरिआव्हान गरिएको थियो ।
यसै प्याकेजमा पशुपती मन्दिर पूर्वी क्षेत्रका तीन वटा सडक ५ सय २५ मिटर अस्पाल्ट पीचको समेत समावेश भएको र वडा सिलिङ्गबाट १ करोड ४५ लाख र वडामा विनियोजित संगै अन्य रकमसहित भ्याटसहित करिव २ करोडमा सडक निर्माण हुने भएको हो ।
रातो समाचरको कुराकानीमा बोल्दै यसअघि गर्दोही चौकदेखि पूर्वतर्फ भैरवरोडसम्म सडक स्तरीकरण भईसकेको र सूर्य चौकदेखि कर्रासम्मको सडक खण्ड आगामी आर्थिक वर्षमा निर्माण कार्य अगाडि बढाईने बताए अनुसारै पछिल्लो समय निर्माण कार्य अघि बढाइएको वडाध्यक्ष सिग्देलले बताएका छन् ।
सबैको नजर सडकमा परेको एउटा खाल्डोमा परेपनि सडकको एउटा खाल्डो पुर्नुभन्दा बिद्यालयमा पढिरहेका एउटा बिद्यार्थी फेल नहुनु अतिआवास्यक रहेको बताए ।
उनले बागमती प्रदेशको हेटौंडा उपमहानगरको ४ नंवडा सबैभन्दा उत्कृष्ट वडा बनाउने र बिकासका लागी दोस्रो नबन्ने बताए ।
प्रतिक्रिया दिनुहोस्