हेटौडा १३ पदमपोखरीको कुखरेनी खोलामा बालुवा खोतल्दै गरेको यो जोडी ८५ बर्षका कृष्ण बहादुर स्याङ्गतान र उनको श्रीमती ७८बर्षकि सुन्तली स्याङ्गतान हुन् ।

“लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार” भन्ने मुल नाराका साथ गएको फाल्गुन २४ गते ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाईरहेको समयमा  भेटिएका यो जोडीलाई यसबारे कुनै पत्तो छैन ।

नारी हकहित र महिला अधिकारका प्रसंग जोडेर महिला दिवस भन्दै बिभिन्न संघ संस्थाको नेतृत्वमै रहेकाहरुले बिभिन्न कार्यक्रम गरिहेकै समयमा कुखरेनी खोलामा काम गरिरहेका कृष्ण र सुन्तलिले नारी दिवसको भनेको नै पत्तो नभएको बताए ।

एकअर्काको साहारा बनिरहेका जोडीलाई माया र प्रेम बारे गरेको प्रश्नमा बालापनमा गरेको बिबाहा सम्झदै मेरी श्रीमतीले साथ दिएको हरेक कुरा राम्रो लाग्ने बताए ।

श्रीमान श्रीमतीविच हुने झगडाका कारण डिभोर्स समेत गर्नेहरुका लागी समेत सन्देश दिदै एकअर्कालाई गरिने माया, ममता, सम्मान दिदै बिश्वास गरेर साथ दिनुपर्नेसुनाए ।

यसै विच गरिएको रमाइलो कुराकानीकालागी तलको भिडियो हेर्नुहोस् ।