नेपाल भारत विश्व मैत्री संघ र नेपाल भारत मैत्री संघ मकवानपुरको संयुक्त आयोजनामा गरिएको एक कार्यक्रममा सपना आचार्यद्धारा लेखिएको उपन्यास मलिलो माटोको चर्चा गरिएको छ ।
१५ औं गणतन्त्र दिवसको अवसरमा द्धयसंघको संयुक्त आयोजनामा २०७८ माघ महिनामा प्रकासित गरिएको उपन्यासका विषयमा आइताबार चर्चा गरिएको हो ।
अर्घाखाचीँको सन्धिखर्कमा जन्मिएर बुटबलमा कर्मथलो बनाएर साहित्यमा अघि बढेर पहिलो कोसेलीका रुपमा ल्याएको नारी प्रधान उपन्यास ‘मलिलो माटो’ का विषयमा मकवानपुरे स्रष्टा निषेश निखील, हयग्रीव आचार्य र अनिता न्यौपानले व्याख्या गरेका थिए ।
पुस्तकबारे चर्चा गर्दै सबल पक्ष र कमजोरीका बारेमा सुझावहरुसमेत दिए।

लेखक आचार्यले आफुले प्रकाशन गरेको पहिलो पुस्तक भएको र सबैको सल्लाह सुभाव अनुसार आगामी दिनमा लेखन यात्रालाई निरन्तर दिने बताईन् ।

………………….

 

………………….

 

संघका राष्ट्रिय उपाध्यक्ष ज्योतिरत्न बज्रचार्यको सभाध्यक्षता तथा बुढ्यौली साहितय समाजका अध्यक्ष एंव वरिष्ठ हास्यव्यंगकार आरसी रिजालको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पनन गरिएको थियो ।
कार्यक्रममा उपन्यास लेखक सपना आचार्य, संघका महासचिव किरण राज रेग्मी, केन्द्रीय सदस्य सुनील दाहाल, जिल्ला सचिव सरोज अधिकारी, संघका कोषाध्यक्ष प्रविण मैनाली, प्रलेसका अध्यक्ष श्रीराम अधिकारी, सिस्नुपानी नेपालका अध्यक्ष राजकुमार लामिछाने मकवानपुरका साहित्यकार संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

 

 

मेरो भन्नु
म पनि एक नारी । ममा पनि बहाव छ । मभित्र पनि प्रकृति छ । मभित्र पनि सहनशीलता छ । मैले त्यो आमामा देखें, हजुरआमाको सुनें, मैले आफैं पनि अनुभव गरें । अनि सबैभन्दा बढी मैले यस्तो पात्र भेटें जो सँगको भेट र सुनेको कथा मेरो यो लघु उपन्यासको कथा बन्यो । ती पात्रलाई मैले म पात्र सम्झिएर एक सिनेमा बुनें । एक नारीको भित्र लुकेको आवाज यस्तो पनि हुन सक्ने रहेछ, मलाई आभास भयो । मैले कथा बुनें । थोरै मात्र कल्पना बुनिएको होला तर धेरै सुनेको कथा र भेटेको पात्रको कथा नै हो । यो मूल पात्रमा केही मेरा अनुभव पनि मिसिए भने केही देखेका भेटेका पात्रहरू र तिनका स्वभाव पनि मिसिए | मैले देखेका पात्र पनि भित्र छिरे अनि अभिनय गर्न थाले । ते-ह-चौध वर्षदेखि वर्खायाम सुरु गराएर हामी नारीलाई लाखौं बीजहरू यो प्रकृतिले दियो । सृष्टिले दियो । यस्तो मलिलो खेत दियो कि कुनै पनि बीज रोप्यो कि बिरुवा टुसाइहाल्ने । हामी र यो धर्तीमा के फरक र ? मलाई यो अलङ्कारले पछ्याइरह्यो अनि छोड्दै छोडेन । धेरै पढ्ने
……………..

मैले पनि पहिलो जमर्को
मान्छेले लेख्न थाल्छ अनि उसको भाषामा सुधार आउँदै जान्छ भन्थे, मैले पनि पहिलो हुन त म भाषाको विद्यार्थी पनि होइन र ताली पनि पढेको छैन तर पढाइमा निकै रुचि भने । कुनै पनि नयाँ पुस्तक आयो भने नकिनीकन मन पढ्न बिस्तारै पढे पनि किन्नु मलाई तुरुन्तै पर्छ ।
मलाई ती पात्रसँगको भेट नै यो कथाको मूल बिल कर हरेक नारी एक मलिलो खेत नै हो भनेर पनि सम्या म आफैं पनि त्यो मलिलो माटो नै थिए । उनको मेरै कथा जस्तै बन्यो । मैले खेस्रा तयार पारे । यो पहिलेखनलाई सहयोग अनि गोडमेल गर्न मलाई कसले सहयोग गर्ला भनेर निकै घोत्लिएं । मैले निकै अघिदेखि पछ्याउँन आएका उत्प्रेरक लेखक तुलसी निरौलालाई सम्झिए ।
तुलसी सरसंग मेरो भेट भएको थिएन तर सरको किताब, आफैलाई चिन्ने कोसिस निकै अगाडि नै बुटवलमा किनेर पढेको थिएं । त्यो किताब मलाई निकै मन परेको थियो । त्यसपछि सरका अरू तीन किताबहरू पनि गतसाल निस्किए । सबै किनेर पढें । मलाई सरको कविता सङ्ग्रहमा रहेको मेरा श्रीमान् नामक कविता पढेपछि दिमागमा टुप्लुक्क एक विचार आयो । एक नारीको दृष्टिकोणबाट यति गज्जब कविता लेख्ने सरले नै मेरो यो मलिलो खेतको बारेमा मलाई सही सहयोग गर्न सक्नुहोला भनेर सोचें । म लेखाइको भाव बुझेर त्यसलाई सम्याउन मद्दत चाहिए थियो मलाई ।

……………..

मैले फेसबुकमा रिक्वेस्ट पठाए अनि मेरो आग्रह पस्के । भैहाल्छ नि, पहिले सक्नु न भनेर भन्दै गर्नुभएको थियो । मैले जब पहिलो खेस्रा सकें मलाई शंकर लामिछानेले शिरिसको फुल उपन्यासमा लेखेको भूमिका याद आयो । मैले सरलाई भूमिका लेख्न अनि मैले रोपेका अक्षरहरूलाई ड्याङ बनाएर सुन्दर बनाइदिन विनम्र अनुरोध गरे । लामो समयपछि मात्र सो सम्याउने अनि गोडमेलको काम सकिएको छ । विभिन्न काम र व्यस्तताको बाबजुद पनि मेरो लेखाइलाई गोडमेल अनि छाँटकाँट गरिदिनुभएकोमा सरलाई धेरै धन्यवाद |
मलाई आमाको मलिलो माटोमा बीज रोपेर अनि हुर्काएर यो जीवन दिने माता पिता दुवैलाई नमन ।
मलाई माया गरेर अनि हरेक पाइलामा साथ अनि सहयोग गरिदिने मेरा दिदीहरू अनि दाइलाई पनि धेरै धेरै आभार ।

सपना आचार्य सन्धिखर्क, अर्घाखांची sapanaacharya202@gmail.com