हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा द डिस्टिङग्विस्ड जेन्टलम्यान राईड (डिजिआर) हुने भएको छ ।
इन्फिल्डर्स मकवानपुरले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ ५ गते हेटौंडामा उक्त कार्यक्रम हुने भएको जानकारी गराइएको हो ।

विश्वमा चर्चित मानिएको  राइड फ्रेन्ड्स अफ रोयल इन्फिन्ड (फोरए ) सँगको  सहकार्यमा पहिलो पटक हेटौंडामा आयोजना हुन लागेको हेटौंडा इन्फिल्डर्स मकवानपुरले जनाएको छ।

राइडमा सहभागी राइडरहरुलाई ड्रेस कोटनै तोकिएको र  राइडरहरुले फर्मल पार्टी वेयरमा राइड गर्ने भएका हुन् । हेटौंडा -४ स्थित सुत्र लन्जबाट सुरु हुने राइड भुटनदेवी मन्दिर हुदै बजार परिक्रमा गरेर सुत्रमा फर्किएर समापन हुने अध्यक्ष राजक शाहीले  बताए ।

कार्यक्रममा एक सय भन्दा बढी राइडर सहभागी हने अनुमान रहेको र रोयल इन्फिल्ड, भेस्पा लगायत क्लासिक बाइकले राईडर्सहरु सहभागी हुने छन् भने  एक सय भन्दा बढी राइडर सहभागी रहने जानकारी दिए।