
हेटौंडा / हेटौंडा उपमहानगरपालिका -१४ नम्बर वडा कार्यालयका वडाध्यक्षले समाचार संकलनका क्रममा प्रतिक्रिया लिन पुगेका सौर्य दैनिकका संवाददाता छविलाल श्रेष्ठ (अनित्य) र प्रदेश सञ्चार डटकमकी संवाददाता मन्जिता मैनाली (मञ्जु ) माथि दुव्र्यवहार गरेको भन्दै प्रेससंग आवद्ध संगठनहरुले ध्यानाकर्षण गराएको छ ।
प्रेससंग आवद्ध पत्रकारहरुको संगठन नेपाल पत्रकार महासंघ मकवानपुर, प्रेस सेन्टर मकवानपुर र नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति मकवानपुरले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो ।
१४ न.वडाका बासिन्दा एक चेपाङ परिवारको जन्मदर्तामा परेको कठिनाई सम्बन्धी समाचार संकलनका क्रममा प्रतिक्रिया लिन मंगलबार वडा कार्यालय पुगेका समय सञ्चारकर्मीहरुलाई वडा अध्यक्ष दिपक खड्काले गालीगलौच गर्दै सञ्चार उपकरण नियन्त्रणमा लिने र धम्कीपूर्ण भाषा प्रयोग गरेका जनइएको छ ।
………….
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्धारा हस्ताक्षर गरिएको जारी विज्ञप्ती –
प्रेस सेन्टर मकवानपुर अध्यक्ष अञ्जली थापा द्धारा हस्ताक्षर गरिएको जारी विज्ञप्ती –
नेपाल प्रेस युनियन मकवानपुका सचिव बलराम पुडासैनीद्धारा हस्ताक्षर गरिएको जारी विज्ञप्ती
प्रतिक्रिया दिनुहोस्