हेटौंडा  / शैक्षिक सत्र २०८० को एसइई परिक्षा दिएका बिद्यार्थीहरुले  नतिजा कुरीरहेका छन् ।
नतिजापछि कक्षा ११ मा अध्यन गर्नका लागि सामुदायिक देखि बिभिन्न कलेजहरुले आफ्नो कलेजमा अध्यन गराइने विषयमा जानकरी समेत दिइरहेका छन्।

यसै क्रममा हेटौंडा उपमहानगर–५ स्थित हेटौंडा सिटी कलेज जेनिथले पनि बजारको भिडभाड धुवाँ धुलोभन्दा पर, शान्त स्थलमा रहेर गुणस्तरिय शिक्षा प्रदान गरिदै आएको जानकारी गराइएको हो ।

मकवानपुरमै पलिो बि एस ए सि एस आई टी, बिएस्सी सि एस आई टी कलेज भएको र विद्यार्थीको चाहानामा शैक्षिक यात्रालाई अघि बढाइने प्रिन्सीपल श्री बहादुर कार्कीले बताए । उनले २०७४ सालदेखि आफ्नै भवनमा रहेर शिक्षालाई थप गुणस्तरिय बनाउदै व्यवहारिक तरिकाले बिद्यार्थीकै भविष्य बनाउने दायित्व हो भनेर काम गरिरहेको बताए ।  प्रिन्सीपल श्री बहादुर कार्कीले बताए अनुसार शैक्षिक क्षेत्रमा अनुभवी शिक्षकहरुद्धारा शिक्षा प्रदान गरिरहेको र विज्ञानसंकाय,होटल म्यानेजम्यान्ट,कम्प्युटर साइन्स्, बिज्नस् स्टर्डी अंग्रेजी माध्यममा कानुनको विषय समेत अध्यापन गराइरहेको हो ।

प्रिन्सीपल कार्कीले भने “यसपाली पनि परिक्षाको नतिजामा अधिक जिपीए आएमा नहौसिनु,  कम जिपीए आए नआत्तिनु, आगामी दिनमा राम्रो गर्छु भन्ने सोचले शिक्षमा अघि बढ्नु शुभकामना ।”

 

 

राजेश गरिब
थप जानकारी