हिन्दु नेपालीहरूको दोस्रो ठूलो महानचाड तिहार शनिबार देखि सूरु भएको छ ।
धार्मिक मान्यता अनुसार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँच दिन मानिने तिहारको पहिलो दिन
शनिबार काग तिहार सूर भएको हो ।
यमराज आफ्ना सबै काम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक अनुसारतिथिको घटबढका कारण यसपटक कात्तिक २६ गते दिउँसो २ बजेपछि औँसी तिथि परेको हो।

बिहान कुकुर पुजा र बेलुकी लक्ष्मि पुजा गरिन्छ ।

यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।यसैले पनि आज कुकुरलाई पूजासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मन गरिन्छ ।

त्यस्तै गरि साँझमा लक्ष्मीपूजा गर्ने विभिन्न चलन रहेको छ ।

अँध्यारोमा उज्यालो बनाई सरसफाइ गरेर अनि फूलमा लक्ष्मीलाई विराजमान गराएर चारैतिर बत्ती बालेर, दीपावली गरेर अँध्यारो रात्रिमा उज्यालो बनाएर विभिन्न विधिसहित लक्ष्मीलाई आह्वान गर्दै लक्ष्मि पूजा गरिन्छ ।
यसो गरिएमा घरमा धनको बास हुने मान्यता रहेको हो ।

भोकै बसेर श्रद्धासित बेलुका लक्ष्मीलाई पूजा गरेर विभिन्न किसिमका परिकारहरू चढाउने, सेलरोटीदे, अर्सा, अनर्सा बनाउने चढाउने , अक्षता, चन्दन, धूप, दीप, नैवेद्य सबै गरिसकेपछि लक्ष्मीको प्रसादका रूपमा ग्रहण गरिन्छ ।