हेटौंडा – हेटौंडा- ५ , का विशालराज महत हिजो आज सामाजिक सेवामा व्यस्त देखिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी संगठन बिभाग प्रमुख महत केही समय अघि मात्र हेटौंडा–२ स्थित वनस्खण्डी नजिकै बसोबासी ६० वर्षिया वृद्धा जोगमाया थापाको स्वास्थ्य उपचारका लागि चासो दिएका थिए ।

बिभिन्न समयमा सेवा र सहयोगमा पुग्ने गरेका महतले फेरीपनि ७० वर्षिय वृद्ध कमल बा. थापा क्षेत्रीको उपचारमा चासो दिएका छन् ।
हेटौंडा–५, शान्तिनगरका कमलको उपचारकै पहलका लागि विशालराज महत संगै राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक ठकुरी हरि बहादुर कुँवर पुगेका हुन् । १ छोरा १ छोरी भएका वृद्ध कमल १८ महिना अघि उच्च रक्तचापका कारण शारिरीक अशक्त भएका थिए।
कमलकोे स्वास्थ्यमा खराबी आएपछि उपचरको क्रममा शारिरको एक भाग भने जस्तो चल्न सकेको थिएन भने उपचारकै पहलका लागि विशालराज महत संगै राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक ठकुरी हरि बहादुर कुँवर उक्त स्थानमा पुगेका हुन् ।

अशक्त कमलको आर्थिककै कारण उपचार गराउन नसकेकोे खबर पाएर  उपचारको पहल गरेको महतले बताए । महतले बताए अनुसार गएको ८१ बैसाख १९ गते कमलको घरमा पुगेर हेटौंडा -२ स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पुर्याइएको हो ।

सोही स्थानमा कार्यरत प्रमुख डा. ललिता पाण्डे , कन्सलटेण्ट आयुर्वेर्द विज्ञ डा. साइरस न्यौपानेको सललाह अनुसार हेटौंडा अस्पतालमा परिक्षणका लागि  लगिएको थियो ।

अस्पतलमा गरिएको परिक्षणपछि केही थप परिक्षणका लागि चितवन लैजान डा. ले दिएको सल्लाह अनुसार (COMC ) शिक्षण अस्पताल पुरानो  मेडिकल कलेज  चितनवनमा बैसाख ३० गते लगिएको महतले बताए ।

७० वर्षिय कमलको आर्थिकको समस्याका कारण उपचार गराउन समस्या आएको खबर पाएपछि बिभिन्न प्रक्रिया गरेर बिभिन्न परिक्षणपछि आवाश्यक औषधीहरु देखिको व्यवस्थामा लागत शुल्कको व्यवस्था सहित कदम चलाइएको बताए ।

मानवलाई चेतनशिल मानिदै आएको अवस्था रहेसंगै मानिसकै रुपपमा जन्मिएको यो सुनौंले भाग्यलाई सदुपयोग गनुपर्ने सोचले “सेवा, सहयोग र आवाज” मा हामी हुनु पर्छ भन्ने मनोभावले का गरिरहेकोे महतले बताए ।