हेटौंडा । मकवानपुरका प्रमुख दल तथा स्थानीय संगठनहरू एकजुट बन्दै जिल्ला प्राशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई बसन्त अधिकारीलाई ११ बुँदे माग समेटिएको संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।

भीमफेदी–मकवानपुरगढी राजमार्गको २५/२५ राजगाडा विस्तारलाई तत्काल गति दिन, सडक अवरोध गर्ने संरचनाको उचित मूल्यांकनसहित हटाउने, प्रभावित नागरिकको व्यवस्थापन पारदर्शी ढंगले गर्ने तथा विकास योजनामा देखिएको ढिलासुस्ती अन्त्य गर्न आग्रह गरिएको छ ।

योजना कार्यान्वयनका क्रममा वातावरणीय क्षति न्यूनिकरण, सडक सुरक्षाको कडाइ, प्राकृतिक स्रोतको संरक्षण, बढ्दो सुकुम्बासी समस्या समाधान तथा जिल्लाभर देखिएको अव्यवस्था नियन्त्रणमा जिल्ला प्रशासनले सक्रिय भूमिका खेल्नुपर्ने उनीहरूको जोड दिएको छ ।

ज्ञापन पत्रमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, राष्ट्रिय जनमोर्चा सहितका राजनीतिक तथा सामाजिक संगठनका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। संयुक्त टोलीले प्रशासनले मागहरू बेवास्ता गरेमा चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ।

रातो समाचार संवाददाता
थप जानकारी