
रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा वैशाख १८ गते बिहिवार देखि रेड २, हिट ३ र झिल्को मुवी रिलिज हुँदैछ।
बलिउड अभिनेता अजय देवगन फिल्म रेड २ मा उनको अपोजिटमा रितेश देशमुख खलनायकको भूमिकामा देखिने भएका छन्।
राजकुमार गुप्ताले निर्देशन गरेको फिल्ममा अजय र रितेश देशमुखसँगै वाणी कपूर वाणी कपूर, सौरव शुक्ला, रजत कपूर, रवीना टन्डन लगायत कलाकारको अभिनय छ।
रेडको सफलताको ७ वर्षपछि यसको सिक्वल रेड २ बनाएर रिलिज गर्न लागिएको हो।
साउथ हिन्दी फिल्म (तेलुगु)का सुपरस्टार नानीको मस्ट अवेटेड ए रेटेड एक्सन
फिल्म हिट ३ मा उनी सँगै केजिएफ अभिनेत्री श्रीनिधि शेट्टीको पनि मुख्य भूमिका रहेको छ ।
हिट फ्रेंचाइजी को यो तेस्रो सिक्वेल हो जसमा नानीले अर्जुन सरकारको पात्रमा अभिनय गरेका छन् । सैलेस कोलनुले निदेर्शन गरेको यो फिल्म क्राइम एक्शन थ्रिलर जनरामा बनाइएको हो ।
‘झिल्को’ २१औँ सताब्दीको विज्ञान र प्रविधिको युगमा प्रविधिको अत्याधिक प्रयोगले डिजिटल कुलतमा फस्ने जोखिम अनि त्यसबाट हुने गम्भीर जोखिमको विषय देखाउन खोजिएको छ ।
यादवकुमार भट्टराई निर्देशित चलचित्र आयुषी ढकाल, सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल, जान्वी बस्नेत, जेनिश श्रेष्ठ र जेभिश श्रेष्ठको अभिनय रहेको छ भने
मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण भएको र छायाङ्कन दीपक वज्राचार्यले गरेका हुन् ।
बक्स अफिसमा कुन मुवीले बाजी मार्ला त्यो त समयले नै बताउँछ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मनपर्ने मुवी हेर्न न छुटाउनु होला । टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक माधव रिमालले बताए ।
प्रतिक्रिया दिनुहोस्